ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणर्थी प्रकरण: तीन जना अभियुक्तको फेरि बयान लिइने


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १२ : १३   बजे

काठमाडौं, ११ भदौ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको छ।

साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए। भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख छ।

जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो।

जाहेरी दिएका १८ जनामध्ये ४ जनाको बयान लिइएको शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

‘काठमाडौंका तीन जना र संखुवासभाका एक जनाको बयान लिइसकेका छौं, बाँकी जाहेरीकर्ताको पनि छिट्टै बयान लिन्छौं,’ उनले भने।

बयानका क्रममा जाहेरीकर्ताले तीन जनालाई पैसा दिएको प्रमाण बैंक स्लिप प्रहरीलाई बुझाएका छन्। उनीहरूले बुझाएका प्रमाण सही हुन् कि होइनन् भन्ने प्रमाणित गर्ने काम भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिए।

थप १८ जना जाहेरीकर्ताको बयान लिइसकेपछि उनीहरूले किटानी गरेका व्यक्तिहरूको फेरि बयान लिइनेछ। फेरि बयान लिँदा पहिलो चरणजस्तो विस्तृत रूपमा हुँदैन। पीडितले दिएको बयानको बारेमा सोधपुछमात्र हुने उनले बताए।

थप आएको जाहेरीमा पक्राउ परिसकेका व्यक्तिहरूकै नाम उल्लेख छ। थप नाम जोडिएको छैन, ती अधिकारीले भने।

यसअघि १२३ जनाले दिएको जाहेरीमा २० जना पक्राउ परेका थिए। तीमध्ये २ जना छुटिसकेका छन्।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्।

यो प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरकारले समय नपुग्दै सरूवा गरेकाले नयाँ उजुरीमाथि पहिलाको जस्तै गरी छानबिन हुन्छ कि हुन्न भन्नेमा धेरैले आशंका गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group