ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याड टच’ आरोप लागेका शिक्षक प्रहरीकै अगाडि निर्घात कुटिएपछि कञ्चनपुरमा चर्कियो आन्दोलन


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १२ : ४०   बजे

काठमाडौं, ११ भदौ, । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन्।

सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत वीरेन्द्र प्रसाद जोशीलाई भएको निर्घात कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै शिक्षकहरुले आइतबार भीमदत्त नगरका विद्यालय बन्द गराएका थिए।

जिल्लास्तरीय आन्दोलन परिचालन समितिको आइतबार बसेको बैठकले आन्दोलनलाई जिल्लाव्यापी बनाउने निर्णय गरेको हो। भदौ ३ गते एक छात्राले शिक्षक जोशीले आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन्।

शिक्षक जोशीले भने छात्रालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन्। प्रहरीले हतकडी लगाएर भ्यानसम्म ल्याउँदा विद्यालय परिसरमा एक समूहले जोशीलाई निर्घात कुटपिट गरेको थियो। सुरक्षा दिनुपर्ने प्रहरीको नियन्त्रणमा रहेका जोशी कुटिँदा प्रहरी मूकदर्शक बनेको आरोप छ।

घाइते जोशीको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए।

भदौ ३ गतेको घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन, विद्यालयले किटानी जाहेरीका साथै फोटो र भिडिओमा देखिएका अराजक व्यक्तिलाई खोजी गरेर कानुनी दायरामा ल्याउनुपर्ने र सुरक्षामा खटिएका प्रहरी निरीक्षक सीताराम विष्टलगायत अन्य प्रहरी कर्मचारीलाई निलम्बन गरेर कारबाही हुनुपर्ने शिक्षकको माग छ।

शिक्षकले घोषणा गरेको अनिश्चितकालीन विद्यालय बन्दको प्रभावले विद्यालयमा पठनपाठन ठप्प छ। सोमबारै महेन्द्रनगरमा शिक्षकहरुले र्‍याली निकाल्ने तयारी गरेका छन्। माग सम्बोधनको दबाबका लागि र्‍यालीका साथै प्रशासनमा धर्ना बस्ने कार्यक्रम छ।

सोमबार बेलुकासम्म आफूहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढ्ने चेतावनी शिक्षकहरुले दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu