ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनि अघि सरे बुवाको किरिया गर्न छोरीहरू


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १२ : ४५   बजे

काठमाडौं, ११ भदौ, । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर( २ निवासी ४७ वर्षीय अनुपकुमार भुजेलको चार दिनअघि अल्पायुमै निधन भयो।

बर्दिबासको रातुखोला घाटमा दाहसंस्कारपछि उनको काजकिरिया कसले गर्ने भन्ने चर्चा सुरु भयो।

कतिपय बुज्रुकले छोरा नभएकाले ‘कोही मान्छे पुरुष खोजेर भुजेलको काजकिरिया गर्नुपर्ने’ सुझाव दिए।

आफन्त र परिवारका कोही पुरुष सदस्य भुजेलको काजकिरियाका लागि कोरामा बस्नुपर्ने राय उनीहरुको थियो। त्यसको खोजी पनि भयो। पुरेत पनि यस्तै राय दिँदै थिए।

त्यही बेला भुजेलकी जेठी छोरी स्मारिकाले ‘अरु मान्छे खोजेर बुवाको काजकिरिया नगर्ने’ अडान लिइन्। उनले आफैँ बुवाको काजकिरियाको लागि कोरामा बस्ने इच्छा व्यक्त गरिन्।

समाजका अगुवाले पनि ‘छोरा नभए छोरीले पनि आमाबुवाको काजकिरिया गर्दा हुने’ सुझाव दिए। त्यसपछि भूजेलका तीनमध्ये दुई छोरी ९जेठी २१ वर्षीया स्मारिका, माइली १६ वर्षीया स्मृति बुवाको काजकिरियामा बसे।

कान्छी ८ वर्षीया आरोग्या भने सानै भएकाले कोरामा बसेकी छैनन्।

भुजेलकी जेठी छोरी २१ वर्षीया स्मारिका स्नातक तहमा अध्ययनरत छिन्। माइली १६ वर्षीया स्मृतिले यसै वर्ष एसइई उत्तीर्ण गरेकी हुन्। स्मारिका र स्मृति सेता कपडा पहिरिएर कोरामा बसेको चार दिन भयो। उनीहरुले कपाल मुण्डन भने गरेका छैनन्।

दिदीले छोराले जस्तैगरी बुवाको काजकिरिया गर्ने इन्छा व्यक्त गरेपछि उनकी बहिनी स्मृतीले पनि बुवाको किरयामा बसेकी छन्।

आमा(बुवाको लागि आफ्ना छोराछोरी बराबर हुन् भन्ने लागेर आफूले कोरामा बसेर बुवाको काजकिरिया गरेको स्मृतिले बताइन्।

स्थानीयसमेत रहेकी नेकपा एमालेकी नेतृ तथा मधेश प्रदेशसभा सदस्य शारदा थापाले छोराले जस्तै कोरामा बसेर बुवाको काजकिरिया गर्ने स्मारिका र स्मृतिको कदमले समाजलाई सकारात्मक सन्देश दिएको बताइन्।

‘हाम्रो समाजमा अझै पनि छोरा र छोरीबीच विभेद छ। मधेशमा त त्यो खाले विभेद अझ ज्यादा छ,’ उनले नेपालखबरसँग भनिन्, ‘बुवाको काजकिरिया आफैँले गर्ने स्मारिका र स्मृतिको कदमले समाजलाई सकारात्मक रुपान्तरणको लागि सहयोग पुर्याउँछ। यसले छोरा र छोरीबीचको लिंगिय विभेद अन्त्य गर्न पनि मद्दत गर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group