काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने तयारी गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएको देउवा निकटस्थले बताएका छन् ।
फागुन ५ गते निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै समस्या नआए देउवाले फागुन ६ गते राजिनामा दिनेछन् ।
चुनावको सम्पूर्ण नतिजा आइसकेपछि सरकारमा बसिरहन नहुने देउवा निकटहरुको सुझाव छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्