ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्तस्राव रोक्न मिर्गौला झिकियो, लापरबाहीले मृत्यु होइन : अस्पताल


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १ : ३३   बजे

काठमाडौं, ११ भदौ, । पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पताल यतिखेर तनावग्रस्त बनेको छ । घटना गएको शनिबार रातिको हो ।

अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ ‘दुर्घटनावश’ बिरामीको मृत्यु भएको जिकिर गरेको छ ।

दुईपक्षीय सहमतिका लागि अस्पतालमा छलफल जारी छ । मृतकका आफन्तका तर्फबाट ६ र अस्पतालका तर्फबाट तीनजनाको टोलीबीच छलफल भइरहेको छ ।

यस्तो थियो घटना
दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीलाई शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार दिउँसो नै उनको पीसीएनएल ९ढाडमा सानो प्वाल पारी टेलिस्कोपको माध्यमबाट मिर्गौलाको पत्थरी झिक्ने पद्धति०बाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएकोे थियो । तर, साँझ ७ बजे चौधरी बेहोस भएको र निरन्तर रक्तस्राव भएको मृतकका आफन्तले बताएका छन् । मिर्गौलाको नशा काटिएर रक्तस्राव भइ पेट फुलेको आफन्तको भनाइ छ ।

रक्तस्राव नरोकिएपछि चिकित्सकले बायाँ मिर्गौला शल्यक्रिया गरी झिकेका थिए । त्यसपछि अवस्था जटिल भएका चौधरीको राति नै मृत्यु भएको थियो ।

अस्पतालका अध्यक्ष महेश जोशीले लापरबाहीका कारण नभइ दुर्घटनावश बिरामीको मृत्यु भएको जिकिर गरे । “अत्यधिक रक्तस्राव भएपछि मिर्गौला निकाल्नुको विकल्प हुँदैन । अस्पतालको लापरबाहीले होइन, उहाँको उपचारकै क्रममा मृत्यु भएको हो,” जोशीले  भने, “त्यही पनि हामीले समिति बनाएरै घटनाको छानबिन गरिरहेका छौँ ।”

चौधरीको दायाँ मिर्गौला भने ठिक अवस्थामा रहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu