ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेसी तारिख अटोमेसन शुभारम्भसँगै प्रधानन्यायाधीश श्रेष्ठले भने– न्यायिक सुशासनको सुरुवात भयो


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १ : ४१   बजे

काठमाडौं, ११ भदौ, । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् ।

आजदेखि सर्वोच्च अदालतमा सुरु भएको पेसी तारिख अटोमेसनको शुभारम्भपछि सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताए ।

पेसी तारेख अटोमेसनको शुभारम्भपछि प्रधान्यायाधीश श्रेष्ठले भने, “न्यायिक सुशासनका लागि राम्रो सुरुवात भएको मैले महसुस गरेको छु ।”

उनले अटोमेसनले कर्मचारी र न्यायाधीशमा पनि आत्मविशवास बढाउने विश्वास व्यक्त गरे ।

“पेसी व्यवस्थापनको कडी हो यो । तारिक समन्वयबाट सुरुवात गर्‍यौं हामीले,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हाम्रा कर्मचारीहरूले उच्च मनोबल राखेर निर्धक्कसँग काम गर्न यसले सहयोग गर्छ भन्ने मलाई अनुभूति भएको छ ।”

पेसी तारिख अटोमेसन सञ्चालनका लागि काम गरेका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीसहित आइटी टिममा बसेर काम गरेकाहरूलाई प्रधानन्यायाधीश श्रेष्ठले धन्यवाद दिए ।

उनले सर्वोच्चको आफ्नो जनशक्तिबाटै सफ्वेर निर्माण भएको भन्दै भोलिका दिनमा कुनै समस्या आएमा समाधान हुने बताए ।

पेसी तारिख व्यवस्थापनसँगै कर्मचारीले आफू निकटका लागि अनुकूलमा अगाडिरपछाडि पेसी सारिदिने र कर्मचारी प्रशासनमा पहुँच नहुनेहरूलाई प्रतिकूल हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । अब सेवाग्राहीले ल्याएको रिट निवेदन÷पुनरावेदन निवेदनसहितका मुद्दामा दर्तासँगै स्वतः पेसीरतारिखको मिति पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu