ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समस्याग्रस्त पशुपति सहकारीको कार्यालय सिल, लुनिभाले पैसा फिर्ता गर्ने


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ३ : ००   बजे

काठमाडौं, ११ भदौ, । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्यो।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

संघीय सरकारको सहकारी विभागको नियमन क्षेत्रभित्रको पशुपति सहकारीले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ।

ऐनको दफा १०४ को उपदफा १ को खण्ड क देखि च सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा त्यही ऐनको दफा १०४ को उपदफा २ बमोजिम समस्याग्रस्त घोषणा सिफारिस गर्न पाउने व्यवस्था छ।

त्यही व्यवस्था अनुसार सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो।

यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई १९ जेठमा पत्राचार गरेको थियो।

यता मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।

समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूको सम्पत्ति व्यवस्थापन र सदस्यको बचत फिर्ता गर्ने काम सहकारी व्यवस्थापनको कार्यालयले गर्ने गरेको छ।

हाल समस्याग्रस्त १२ सहकारीहरूको सम्पत्ति व्यवस्थापन र सदस्यको बचत फिर्ता गर्ने काम सहकारी व्यवस्थापनको कार्यालयले गरिरहेको छ।

समितिले पशुपति सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य जिम्मा लिएसँगै १३ सहकारी पुगेका छन्। समितिले हालै समस्याग्रस्त २ सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिसकेको छ।

सहकारी विभागमा बचतकर्ताले ५३ करोड निक्षेप फिर्ता पाउनुपर्ने माग दाबीसहित उजुरी दिएका छन्।

सहकारी व्यवस्थापन समितिको कार्यालयले यो साता सहकारीका बचतकर्तालाई उजुरी दिन सुचना जारी गर्ने जनाएको छ।

सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार बयानको काम सम्मपन्न भएको छ। अब बचतकर्तालाई मागदाबीका लागि सूचना जारी गर्नेछौँ।

‘पशुपति सहकारीका कार्यालय शिल गरिसकेका छौँ’, पौडेलले भने, ‘सहकारीका सबै कागजात फेला भने परेका छैनौँ।’

थप कागजात सहकारी विभाग, सहकारी मन्त्रालयबाट माग गरेको उनले बताए।

‘सहकारीका सम्पत्तिको खोजी भइरहेको छ’, उनले भने, ‘सहकारीका ठाँउ ठाँउमा कार्यालय शिल गरिसकेका छौं।’

लुनिभाका बचतकर्ताको पैसा फिर्ता गरिने
पौडेलका अनुसार यो साताभित्र लुनिभा सहकारीका बचतकर्तालाई ३ करोड ५ लाख फिर्ता गरिनेछ।

‘लुनिभा सहकारीको ३ करोड ५ लाख असुल उपर गरेका छौँ’, पौडेले भने, ‘यो साता नभए अर्को साता बचतकर्तालाई पैसा फिर्ता गर्ने योजना छ।’

प्राथमिताको आधारमा बचतकर्तालाई पैसा फिर्ता गरिने उनले बताए। लुनिभा सहकारीका जग्गा मूल्याङ्कन गरी लिलामीमा निकाल्ने गरी काम भइरहेको छ।

असोज मसान्तसम्म सहकारीका सबै बचतकर्ताको पैसा फिर्ता गरी फर्स्यौट गरिसक्ने पौडेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group