ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौलाको पत्थरी निकाल्न अपरेसन गर्दा बिरामीको मृत्यु, डाक्टरविरुद्ध उजुरी दिने तयारी


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ३ : ०३   बजे

काठमाडौं, ११ भदौ, । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा मिर्गौलामा रहेको पत्थरी निकाल्न शल्यक्रिया अपरेसन गर्ने क्रममा बिरामीको मृत्यु भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

पत्थरी झिक्न अपरेसन गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको थियो। पारिवारिक स्रोतका अनुसार चिकित्सकले मिर्गौला फाल्नुपर्ने बताएको र त्यसपछि फेरि अपरेसन गरिएको थियो।

त्यस क्रममा चौधरीको मृत्यु भएको हो।

चौधरीका दुवै मिर्गौलामा पत्थरी थियो। अस्पतालमा शुक्रबार भर्ना गरिएका उनको उपचारमा चिकित्सकले लापरबाहीका गरेको आरोप छ।

अस्पतालका अध्यक्ष महेश जोशीले अपरेसनका क्रममा अत्यधिक रक्तस्राव भएको र बायाँ मिर्गौला झिक्नुपरेको बताए। मृतकका आफन्तहरूले घटना छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरेका छन्।

पीडित परिवारले सत्यतथ्य छानबिन माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टरविरुद्ध उजुरी दिन तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu