ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल बस्नेत मृत्यु प्रकरण : पोष्टमार्टम गर्न परिवार सहमत, सुधार गृहबाट भागेका पाँचजना भेटिएनन्


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ३ : ०६   बजे

काठमाडौं, ११ भदौ, । कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन् ।

परिवार सहमत भएपछि बस्नेतको भक्तपुरको सूर्यविनायकस्थित काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम थालिएको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

बलात्कार आरोपमा बालसुधार गृह भक्तपुरमा राखिएका रामेछाप मन्थली नगरपालिका–३ का कमलको ३ भदौमा मृत्यु भएको थियो । सुधार गृह प्रशासनको कमजोरीका कारण कमलको मृत्यु भएको भन्दै परिवार विरोधमा उत्रिएका थिए ।

उनको शवसमेत परिवारले बुझ्न मानेका थिएनन् । तर, सोमबार सहमतिपछि भने परिवारका सदस्य पोष्टमार्टम गर्न तयार भएका हुन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा बनेको समितिले कमलको परिवारलाई क्षतिपूर्तिको लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने भएपछि सहमति भएको हो ।

कमलको मृत्यु प्रकरणले उग्ररुप दिएपछि बाल सुधार गृहका अन्य बालक तोडफोडमा उत्रिएका थिए । ४ भदौमा सुधार गृह तोडफोड गरेर २५८ जना बालक सुधार गृहबाट भागेका थिए ।

उनीहरूमध्ये पाँचजना अझै फरार छन् । नियन्त्रणमा लिएका मध्ये ५७ जना बालकलाई भने काठमाडौं बाहिरको सुधार गृहमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu