ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ किलो सुन तस्करी प्रकरणमा जुट्यो सीआईबी, महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ३ : १३   बजे

काठमाडौं, ११ भदौ, । ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि अनुसन्धान हुने भएको छ ।

महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै प्रहरीको अनुसन्धान माथिनै प्रश्न उठेको थियो । ९ किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्दीय अनुसन्धान ब्युरो सीआईबीले गरेको थियो ।

महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सीआईबीको अनुसन्धानबाट देखिएपनि उनीहरूमाथि अनुसन्धान नै नगरी २७ असारमा प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनको आधारमा भेपको सुन चोरी प्रकरणमा जोडिएका ९ जना पुर्पक्षको लागि थुनामा छन् ।

सरकारी वकिल कार्यालयले महराको बाबुछोरामाथि समेत अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको खुलेको छ । कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले किटान गरेर प्रतिवेदन बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार भेपमार्फत भएको तस्करीको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको बताए ।

त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भने ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानकै विषयमा रहेको प्रतिक्रिया दिइन् ।

सीआईबी स्रोतले भने भेपमार्फत भएको तस्करीको अनुसन्धान निरन्तर रहेको बताए ।

हामी अनुसन्धानमै छौँ, “महरा बाबुछोराको पनि फोन सम्पर्कबाहेक अन्य प्रमाणको खोजीमा लागेका छौँ । अन्य प्रमाण भेटिए उनीहरू पनि कानुनी दायरामा आउँछन् ।”

१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट ९भेप ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएको खुलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group