ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल भन्सारका तत्कालीन प्रमुख पोखरेलमाथि अनुसन्धान थाल्न अख्तियारलाई सरकारी वकिलको पत्र


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ३ : ४६   बजे

काठमाडौं, ११ भदौ, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको करोडौंको सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेललाई अनुसन्धानको दायरामा ल्याउन सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउँदै पोखरेलमाथी सुन प्रकरणमा अनुसन्धान गर्न भनेको हो।

जिल्ला सरकारी वकिल कार्यालय स्रोतले  भन्यो, ‘उहाँ अरुण पोखरेल माथि अनुसन्धान हुनु पर्ने देखियो। त्यही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइसकेका छौँ।’

यसअघि भेपमा भएको ९ किलो सुन तस्करी र ६० किलो सुन तस्करी हुँदा पोखरेल विभानस्थल भन्सार प्रमुख थिए।

चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको ९ किलो सुन भन्सारका कर्मचारीले गायव पारेका थिए। साउन ३ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन पनि भन्सार विभागबाट जाँच पास भइसकेको थियो।

यसबीचमा तस्करीको सुन चेकजाँचमा भन्सारको गम्भीर लापरबाही र मिलेमतो देखिएको छ। दुवै घटनामा भन्सारका कर्मचारी र एजेन्ट संलग्न रहेको पुष्टि भइसकेको छ।

९ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीहरु पनि पुर्पक्षका लागि थुनामा परेका छन्।

भेपमा ल्याएको ९ किलो सुन तस्करीको घटनापछि पनि भन्सारमै कार्यरत रहेका प्रमुख पोखरेललाई अर्थ मन्त्रालयले ६० किलो सुन तस्करीको केही दिनपछि नै हटाएको थियो।

सुन तस्करी हुँदा बिरामी बिदामा रहेका पोखरेललाई अर्थमन्त्रालयले साउन ९ गते हटाउँदै टोकराज पाण्डेलाई विमानस्थल भन्सारको प्रमुखमा सरुवा गरिएको छ।

राजश्वले साउन ३ गते सुन बरामद गरेको जनाएको छ। तर भन्सार प्रमुख पोखरेल भने असार १७ गतेदेखि नै बिरामी बिदामा बसेका थिए। उनले भदौ १७ गतेसम्मको बिदा लिएको भन्सार विभागले जनाएको छ।

६० किलो सुन तस्करी प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेको छ।

राजश्व अनुसन्धान विभागले १८ जनालाई पक्राउ गरेर सीआईबीमा बुझाएको थियो। तीमध्ये एकजनालाई स्वास्थ्यका कारण छाडिएको छ।

अन्य १७ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

यस्तै ६ जना चिनियाँ पनि पक्राउ परेका छन्। उनीहरु नै अहिलेसम्म यो तस्करी गर्ने मुख्य देखिएका छन्। तर यही बीचमा सरकारी वकिल कार्यालयले भने तत्कालीन भन्सार प्रमुखलाई अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu