ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी सम्झौता गरेर केही नेताले देशको निधारमा कालो टिका लगाए : झलनाथ खनाल


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ४ : १३   बजे

काठमाडौं, ११ भदौ, । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना नेपालका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन्। काठमाडौंमा सोमबार भएको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एमसीसी परियोजना लागू हुँदा नेपालमा धेरै नकारात्मक असर पर्ने पनि बताए।

‘एमसीसी सम्झौता नेपालको लागि दुर्भाग्यपूर्ण सम्झौता मात्रै होइन, नेपालका केही नेताले नेपालको निधारमा लगाएको कालो टिका पनि हो,’ खनालले भने, ‘यसले धेरै नकारात्मक असर गर्छ। नेताहरुले त्यो कुरा देख्न सकेनन्।’

एमसीसी सम्झौता भएको विषय आफूहरु कसैलाई पनि थाहा नदिएको गुनासो पनि उनले गरे।

‘एमसीसी सम्झौता भएको कुरा हामी कसैलाई थाहा थिएन। म पनि पार्लियामेन्टमा नै थिएँ, २०१७ सालमा सम्झौता भएको रहेछ। त्यो सम्झौता पनि अर्को सरकार आएपछि सुरुमा संसदमा ल्याउनुपर्ने भन्ने पनि रहेनछ,,’ खनालले भने।

एमसीसीको विरुद्धमा आफूले उठाएको आवाजको सबैभन्दा बलियो साथ एमाले नेता भीम रावलले दिएको उनले उल्लेख गरे।

‘जब संसदमा आउने कुरा भयो, स्वभाविक रुपमा संसद्मा आउने कुनैपनि विषयवस्तुमा अध्ययन नगरी निर्णय दिने कुरा आउँदैन। अमेरिकासँग यो सम्झौता भएको भन्ने सुन्नेबित्तिकै विशेषरुपले ध्यानाकर्षण गरेँ,’ खनालले भने, ‘मलाई राम्रोसँग साथ दिनुभएको साथी भनेको भीम रावल हुनुहुन्छ। हामीले पार्टीभित्र छलफल गर्यौं। यसका सम्झौताका बारेमा हामी छलफल गर्यौं।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu