ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यारेकबाट एक्लै निस्किएर बेपत्ता मेजर गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ४ : २६   बजे

काठमाडौं, ११ भदौ, । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित सदरमुकामबाट गाडी रिजर्भ गरेर त्रिपुरा पुगेको खुलेको छ।

आइतबार अपरान्ह ४ बजे सुरक्षागार्डलाई समेत ब्यारेकमै छाडेर निस्कएका पण्डितले करिब एक घण्टाको दूरीमा रहेको त्रिपुरासम्म गाडी रिजर्भ गरेर पुगेको खुलेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘उहाँ दुनैबाट त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। त्यहाँ जानका लागि गाडी नै रिजर्भ गर्नु भएको खुलेको छ’, पोखरेलले  भने, ‘उहाँको मोबाइल फोनको अन्तिम लोकेशन पनि त्रिपुरा आसपास नै देखाएको छ। पीएसओसमेत ब्यारेकमा छाडेकाले अनेक आशंका गर्ने अवस्था आएको छ।

डोल्पाको ब्यारेकबाट मेजर बेपत्ता, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली
मेजर पण्डित हराएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरा पुगेर फर्किएको छ। पण्डितले प्रयोग गर्दै आएको मोबाइल फोनको अन्तिम लोकेशन त्रिपुरा देखाएपछि स्विच अफ छ।

‘उहाँको खोजीका लागि डीएसपीको नेतृत्वको टोली पुगेर फर्किएको छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली जुटैको छ’, उनले  भने, ‘उहाँको खोजीका लागि जुम्लाबाट पनि प्रहरी टोली डोल्पातर्फ अघि बढेको छ। भेरी करिडोरको सबै क्षेत्रमा ब्यापक खोजी भइरहेको छ। तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन।’

मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। प्रजिअ पोखरेलले दुर्गम क्षेत्रमा टेलिफोन नेट्वर्कको समस्या हुँदा पनि खोजीमा समस्या भएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu