ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना तिराउने क्यानको निर्णय


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ५ : ३३   बजे

काठमाडौं, ११ भदौ, । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रिमिक एयर प्रालिका अध्यक्ष रामेश्वर थापालाई पटक पटक प्राधिकरणको काममा बाधा पुर्‍याएको भन्दै १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्राधिकरणको नियम र कानून पटक पटक उल्लंघन गरेर उल्टै सुरक्षा निर्देशनहरुको विरुद्धमा श्रृंखलाबद्ध गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको अभियोग थापामाथि छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन,२०५३ को दफा २५ को उपदफा २ बमोजिम उक्त जरिवाना भएको क्यानले जनाएको छ ।

यसबाट पनि उनले अवज्ञा गरे सिम्रिक एयरका सबै उृडान बन्द गर्ने चेतावनी समेत क्यानले दिएको छ ।

थापालाई प्राधिकरणले स्पष्टीकरण सोधेको सो पत्रको जवाफ नदिई उनले आदेश तथा निर्देशनको अवज्ञा गरेपछि जरिवानाको निर्णय भएको हो ।

विमानस्थलमा प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्धार उडानबाहेक अन्य उडानमा प्रतिबन्ध लगाएकोमा थापा अध्यक्ष रहेको सिम्रिक एयरले अवज्ञा गरेको थियो ।

अर्धन्यायिक निकाय प्राधिकरणको निर्देशनविपरीत थापाले उल्टै ७ दिने चेतावनीसहित अख्तियारलाई समेत बोधार्थ दिएर काम कारबाहीमा प्रत्यक्ष रुपमा प्रभावित पार्न खोजेको आरोप छ ।

के हो थापामाथिको आरोप ?

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सिम्रिक एयर प्रालिका अध्यक्ष थापाले नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन क्यानले गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटक पटक अवरोध सिर्जना गरेकाले यसपटक बाध्य भएर कारबाही गर्नुपरेको हो ।

उनले शक्तिको आडमा गैरकानूनी काम गर्दा हवाई सुरक्षामा प्रश्न उठेको छ । पछिल्लो समय क्यानको निर्देशन मान्नुको साटो आफ्नो लगानीको सञ्चारमाध्यमको दुरुपयोग गर्दै उनले निरन्तर क्यान नेतृत्वमाथि भ्रमपूर्ण प्रचार गरिरहेको आरोप छ ।

प्राधिकरणको एनेमै क्यानबाट अनुमति वा इजाजत प्राप्त हवाई सेवा प्रदायक निकायको नियमित रुपमा अनुगमन, निरीक्षण तथा नियमन गरी आवश्यकताअनुसार संलग्न निकाय, संस्था तथा व्यक्तिलाई उडान सुरक्षा तथा हवाई सुरक्षा अभिवृद्धि गर्न विशेष आदेश तथा निर्देशन दिन सक्ने उल्लेख छ ।

सोही प्रावधान टेकेर क्यानले गरेका नीतिगत निर्णय लागू गराउन खोज्दा सिम्रिक एयरले पटक पटक अवज्ञा गरेको थियो । थापाले क्यानको निर्णयविरुद्ध वायुसेवा सञ्चालक संघ नेपालको लेटरप्याडमा वक्तव्य निकालेर यसअघि पनि भ्रम फैलाएका थिए ।

थापामाथि गत वर्ष अत्यावश्यक सेवामा बन्द हड्ताल निषेध गर्ने कानूनविपरीत वायुसेवा कम्पनीलाई प्राधिकरणविरुद्ध उतारेर बन्द गर्ने धम्की दिएको तथा प्राधिकरणको विद्यमान नीति, निर्णय तथा कार्यादेशविरुद्ध सञ्चारमाध्यमहरुबाट भ्रम फैलाएर अडिटलाई प्रभावित पार्न खोजेको आरोपसमेत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group