ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चाको आज बुटवलमा सभा, प्रचण्ड-नेपाल-विप्लव र यादवले सम्बोधन गर्ने


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ७ : ५६   बजे

काठमाडौ भदौ १२ । समाजवादी मोर्चाले आज बुटवलमा गर्न लागेको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सो सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा नेता मनिकर कार्कीले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा भएकाले यहाँ राज किशोर आउन लागेका हुन् । नेताहरूका अनुसार माधव नेपाल र राज किशोर यादव बिहान १० बजे आउने छन् भने प्रचण्ड १ बजे मात्रै आउने कार्यक्रम छ ।विप्लव भने पहिले नै आउने कार्यक्रम छ ।

सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ ।आज भदौ १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम मोर्चाको बैठकबाट निर्णय भइसकेको छ ।सरकारमा सहभागी तीन दल र संसदमै नभएको विप्लव नेतृत्वको पार्टीबीच समाजवादी मोर्चा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu