ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर फर्किँदा पैसा नभएपछि मोबाइल चोरी, पक्राउ पर्ने डरले आमा र २ छोरामाथि चक्कु प्रहार


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ८ : ४९   बजे

काठमाडौं, १२ भदौ । बझाङमा गत मङ्गलवार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए ।

४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र उनका दुई छोरालाई चक्कु प्रहार गरे । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले चौधरी मोबाइल चोर्न घर भित्र पसेको र आफू पक्राउ पर्न सक्ने डरले चक्कु प्रहार गरेको बताए । ‘घर भित्र बत्ती बलिरहेको र उज्यालोमा मोबाइल देखेपछि त्यही मोबाइल चोर्न ऊ घर भित्र पसेको देखिन्छ’ प्रहरी उपरीक्षक भण्डारीले भने, ‘झ्याप्प कोही उठेको जस्तो लागेर आफू पक्राउ पर्न सक्ने भन्दै अन्धाधुन्द चक्कु हानेको हो । चौधरीले भने चोरेको मोबाइल लिएर कैलाली आउने तरखरमा थिए । उनी दुई दिनपछि घर आउने तयारीमा रहेको र त्यो भन्दा पहिले केहि रकम जोहो गर्न मोबाइल चोर्ने योजना अचानक बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
‘५÷७ महिना काम गरेर कमाइ केहि भएन । जाने बेलामा जम्मा ५ हजार हिसाब बचेको रहेछ । २्३ हजार कता तिर्न रहेछ । कमाइ गरेर नसकेपछि चोरेर भए पनि केहि पैसा लैजान्छु भनेपछि ऊ त्यो घर भित्र पसेको देखिन्छ ’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने । आक्रमण पछि प्रहरीले त्यस वरपर बस्ने मान्छेहरूका विषयमा छानबिन सुरु गरेको थियो । शङ्कास्पद थुप्रै व्यक्तिहरूको बीचबाट प्रहरीको नजर चौधरी सम्म पुगिसकेको थियो ।

चौधरी ६ गते नै बझाङबाट कैलाली हिँडिसकेका थिए । ‘प्रारम्भिक अनुसन्धानले केहि तथ्य देखाएको थियो त्यसैमाथि अभियुक्त व्यक्ति बसमा टिकट काटेरै कैलाली गएको देखिएपछि हाम्रो ठम्याइ अझै बलियो भयो ’ ती प्रहरी अधिकारीले भने ‘त्यस पछि अनुसन्धान बझाङबाट कैलाली केन्द्रित भयो ।’ घटना भएको केहि दिनमै प्रदेश प्रहरी कार्यालयको टोलीसँगको समन्वयमा चौधरी पक्राउ परे । उनको साथमा प्रहरीले बझाङमा चोरी गरेको मोबाइल पनि बरामद गर्‍यो ।बझाङ प्रहरीले ८ गते नै चौधरीको संलग्नता हुन सक्ने आधार प्रमाण फेला पारिसकेको थियो । तर, बझाङबाट कैलाली पुगेर पक्राउ गर्दा समय लाग्न सक्ने भएको हुँदा प्रहरी नायव उपरीक्षक भण्डारीले प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएका थिए ।९ गते बिहानै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । उनी घरमै रहेको अवस्थामा ९ गते नै प्रदेश प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बझाङलाई बुझाएको हो । चौधरीमाथि डाँका चोरी र ज्यान मार्ने उद्योगमा कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

उद्योगीलाई आतंकित पारेको भन्दै कोशीका चार व्यावसायिक संस्थाद्वारा भर्त्सना

अन्तर्राष्ट्रिय ऋण वा अनुदानका निम्ति मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै

मधेसमा जलसंकट : ६० प्रतिशतभन्दा बढी पम्पमा आउन छाड्यो पानी

सर्वोच्चले भन्यो– शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू

फेसबुकले हटायो ८ हजार कर्मचारी, एआईमा १३० अर्ब डलर खर्च

साउनको सोमबार पशुपतिमा भत्तजनको भीड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu