ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजार अनुगमन तीव्र बनाउन पालिकालाई सङ्घीय मन्त्रालयको पत्र


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ९ : ४२   बजे

काठमाडौ भदौ १२ । बजार अनुगमनलाई तीव्र बनाउन पालिकालाई सङ्घीय मन्त्रालयले परिपत्र गरेको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न पालिकालाई परिपत्र गरिएको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घीय मामिला मन्त्रालयलाई बजार अनुगमनका लागि पालिकालाई जानकारी दिन परिपत्र गरेपछि परिपत्र गरिएको हो ।

कतिपय कम्पनी तथा बिक्री कक्ष र वितरकहरुले इजाजतपत्र नलिइ प्रत्यक्ष बिक्री वा वितरणको काम भइरहेको गुनासो विभागमा आएकाले तीनै तहका सरकारहरु र कानुनद्वारा अधिकारप्राप्त सबै संयन्त्र एवम् सरोकारवाला निकायहरु सतर्क हुनुपर्ने अवस्था देखिएको उल्लेख छ ।उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृत तोकिएको छ ।

ऐनको दफा २८ बमोजिमको स्थानीय बजार अनुगमन समिति समेत सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको विभागद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।संविधानले बजार अनुगमन, नियन्त्रण लगायतका अधिकार तीन वटै तहको सरकारलाई रहने व्यवस्था गरेको छ । पालिकाले आफ्नो अधिकार क्षेत्रमा रहेर बजार अनुगमन तथा नियन्त्रणको काम गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu