ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गन्तव्यमा जाने यात्रुबिनै भैरहवाबाट उड्यो नेपाल एयरलाइन्सको जहाज


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   १ : २१   बजे

काठमाडौ भदौ १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली र हङकङको लागि उडान सुरू गरेको नेपाल एयरलाइन्सले पहिलो दिन दिल्ली र हङकङका यात्रुबिना नै उडान गरेको छ।उडानको पहिलो दिन मंगलबार नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र हङकङ जाने कुनै पनि यात्रु पाउन नसकेको जनाएको छ।नेपाल एयरलाइन्सले काडमाडौंलाई ट्रान्जिट बनाएर उडान सुरू गर्न लागेको भन्दै सोमबारदेखि मात्रै टिकट बुकिङ खुला गरेको थियो।

तर पहिलो दिनको उडानमा दिल्ली र हङकङ जाने कुनै पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले सोमबारदेखि मात्र टिकट बुकिङ खुला भएकाले टिकट काट्ने यात्रु नभएको र सिस्टममा समेत केही समस्या भएकोले मंगलबार काठमाडौं ट्रान्जिट भएर जाने यात्रु नभएको बताए। नेपाल एयरलाइन्सले झण्डै तीन महिनादेखि मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको छ।राष्ट्रिय ध्वजावाहकले साप्ताहिक रूपमा मलेसियाको क्लालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौं जाने गरेको छ।

यसअघि मलेसियाबाट आएका यात्रुलाई भैरहवामा झार्ने बाहेक भैरहवाबाट यात्रु चढाउने गरेको थिएन।मंगलबारदेखि मलेसियाबाट आउने सोही जहाजमा हङकङ र दिल्ली जान पाउने गरी उडान सुरू गरे पनि गन्तव्यमा जाने एउटा पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।पहिलो दिन गन्तव्यमा जाने यात्रु नभए पनि अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात् यही भदौ १९ गते हुनेछ।

सो दिनको टिकट बुकिङ गर्दा काठमाडौंबाट हङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५ सय ५१ तोकिएको छ।एयरलाइन्सका अनुसार भैरहवाबाट काठमाडौं जाँदा थप २ हजार शुल्क तिर्नुपर्छ। त्यो समेत जोड्दा भैरहवाबाट हङकङका लागि ५३ हजार ५५१ रुपैयाँ भाडादर तोकिएको छ।त्यस्तै विजनेस क्लासमा २ हजार थप समेत गरी भैरहवादेखि हङकङका लागि १ लाख १ हजार १४ रुपैयाँ टिकट दर तोकिएको छ।

सेप्टेम्बर ५ कै लागि काठमाडौंबाट दिल्ली उडान गर्दा इकोनमी क्लासमा ११ हजार २२७ रहेकोमा भैरहवादेखि काठमाडौंसम्मको थप २ हजार गरी १३ हजार २२७ रुपैयाँ तोकिएको छ।एयरलाइन्सले हरेक मंगलबार बिहान ८ः१५ मा मलेसियाबाट भैरहवा आउने र यात्रु झार्ने र चढाउने गरी काठमाडौं जानेछ।पहिलो दिन भने निर्धारित समयभन्दा केही ढिलो गरी ९ बजे मात्रै भैरहवा अवतरण गरेर जहाज काठमाडौंका लागि उडेको थियो।

काठमाडौं ट्रान्जिट भएर जाने यात्रुले हङकङका लागि करिब २ घण्टा र दिल्लीका लागि करिब ३ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएर सोही जहाजमा गन्तव्यमा जानुपर्ने हुन्छ।हाल हप्ताको एकदिन मात्रै भैरहवादेखि उडान सुरू गरेको एयरलाइन्सले यात्रुहरूको चाप बढ्दै गई उडान थप गर्नुपर्ने माग भएमा मागको आधारमा उडान संख्या थप्दै जाने जनाएको छ।२०७९ जेठ २ गतेदेखि उडान सेवा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेतका लागि सातामा तीन वटा नियमित उडान सुरू गरेको थियो।

त्यस्तै, हिमालय एयरलाइन्सले पनि मलेसियाको क्वालालम्पुरबाट भैरहवा उडान सुरू गरेको थियो।उडान सुरू गरेको केही महिनामा नै जजिरा र हिमालय दुबै एयरलाइन्सले उडान रोकेपछि निजी क्षेत्रले गुनासो गर्दै आएको छ।विमानस्थलका अनुसार सुरूआतका दिनमा आधा दर्जन बढी एयरलाइन्स कम्पनीहरूले भैरहवा उडानको लागि चासो देखाएको बताए पनि विमान कम्पनीहरूले सेवा सुरू गरेका छैनन्।

बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका पर्यटकीय स्थलहरूमा आउने पर्यटकलाई लक्षित गरेर बनाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरू आकर्षित हुन नसक्दा सर्वसाधारणमा निराशा बढ्दै गएको छ।रूपन्देहीका पर्यटन व्यवसायीले बौद्धिष्ट मुलुकहरूमा दैनिक रूपमा उडान गर्नुपर्ने माग गर्दै गरिरहँदा पहिलो उडानमै यात्रु नभएपछि विमानस्थलको दीगो सञ्चालन तथा व्यवस्थापनमा आशंका उब्जिएको छ।नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले पहिलो दिन काठमाडौंलाई ट्रान्जिट बनाएर जाने यात्रु नभए पनि अर्को हप्तादेखि यात्रुहरू पाइने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group