ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका आयोजना : १४ वटाको प्रगति ८० प्रतिशत, सातवटाको ५० प्रतिशत आसपास


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   १ : २२   बजे

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताएका हुन्।

उनले दुईवटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको प्रगति ८० प्रतिशतमाथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको बताए।

दाहालले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताए।

पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तीय प्रगति ६५।७३ रहेको उनको भनाइ छ।

त्यस्तै लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०।३४ प्रतिशत रहेको जानकारी दिए।

प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको र लगानी एवम् निर्माणको उपयुक्त मोडालिटी भएपश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ।

यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैया विनियोजन भएको उनले बताए। मेलम्ची खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी पानि वितरणलाई सुचारु गरिने जानकारी उनले दिएका छन्।

उनले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu