ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद सिंहको प्रश्न : प्रधानमन्त्रीको छोरीले हरेक बैठकमा बस्ने अधिकार कहाँबाट पायो ?


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ४ : ०३   बजे

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्‌मा नै प्रश्न उठेको छ । प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् । गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

ुजनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो रु नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने रु म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं रु कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् रु,ु उनले भने । त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो ।

अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार(पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ, उनले भने, जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।

मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर पनि सांसद सिंहले प्रश्न गरेका छन् । उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासमै कमजोर रहेको विदेशी हस्तक्षेप निम्याउएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत रहेको पनि बताए । नेपालमा विदेशीको हस्तक्षेप इतिहासमै धेरै भइरहेको छ ।

यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिएन । सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो । सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक दंगा गराउन खोजिँदै छ, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu