ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीबारे प्रधानमन्त्रीले भने : १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जान्छौँ


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ४ : ५४   बजे

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरुका लागि सडकमा उत्रिने बाटो खुल्लै रहेको बताएका छन्।

समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा मंगलबार नै नेपाल आइपुग्ने अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताएका छन्।

‘एमसीसीबारे अझै पनि धेरै चासो छ। केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ। हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ। १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौँ’, उनले भने, ‘एमसीसी कार्यान्वयबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदैछन्। हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु।’

यदि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने उनले बताए।

‘यदि १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको मूल अंश नभए त्यसपछि के गर्नुपर्छरु के हुन्छरु भन्ने मोर्चामा सल्लाह गर्छु’, उनले अगाडि भनेका छन्।

उनले अहिले देशमा केही हुँदैन भनेर निराशा बनाउन खोजिएको पनि बताएका छन्। आफू संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर चीन जाने बताए। त्यहाँ आफूले नेपालको राष्ट्रिय हित र पक्षमा केही नयाँ निर्णय गराउने पनि बताए

‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको छु’, उनले भने, ‘हिजो जनयुद्धमा थिएँ तर अहिले लडाइँको रुप फेरिएको छ अझै म मैदानमै छु।’V

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu