ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास जग्गा हिनामिनामा कुन कुन व्यापारिक घराना अभियुक्त बने ? (सूची)


ABC NEWS
१२ भदौ २०८०, मंगलबार   ६ : ५५   बजे

काठमाडौं १२ भदौ । ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ति दिइँदा दोस्रो वा तेस्रो व्यक्तिबाट जग्गा किन्ने व्यापारिक घरानाहरुलाई भने अभियुक्त बनाइएको छ । करोडौं रुपैयाँ बैंकबाट ऋण लिएर जग्गा किनेका चर्चित व्यवसायिक घरानाहरुसँग अर्बमा बिगो माग गरिएको छ ।

जिल्ला सरकारी वकिलले मुद्दा चलाएका २८९ जनामध्ये करिब डेढ दर्जन व्यक्ति त व्यापारिक घरानाका छन् । तर, तीमध्ये मीनबहादुर गुरुङबाहेक अधिकांश फरार सूचीमा छन् । ललिता निवासको १४३ रोपनीभन्दा बढी जमिन हिनामिना गरेको आरोप लागेकाहरुलाई अर्बौंको बिगो दाबी गरिएको छ ।

ललिता निवास प्रकरणमा बिगो दाबी गरिएको व्यापारिक घराना भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित उनको परिवार नै मुछिएको छ । यद्यपि, उनीमात्र पक्राउ परे भने परिवारका अन्य सदस्यलाई फरार सूचीमा राखिएको छ ।

मीनबहादुरले सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप छ । उनलाई ४ अर्ब ९१ करोड ८१ लाख २४ हजार ६४६ रुपैयाँ बिगो बराबरको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप छ ।

तर, मीनबहादुरले यस विषयमा दिएको बयानमा आफू र आफ्नो परिवार र उनको कम्पनीले ललिता निवासभित्रको जग्गा खरिद गर्दा नेपाल सरकारबाट जारी भएको जग्गाधनी प्रमाणपत्र पुर्जा हेरी तत्कालीन जग्गाधनीलाई रकम चुक्ता गरेको र सरकारलाई राजस्वसमेत तिरेर रजिष्ट्रेशन पास गरेको उल्लेख गरेका छन् । योबाहेक कुनै पनि कुरामा आफूहरुको संलग्नता नभएको उनले बयानमा भनेका छन् ।

मीनबहादुरकी श्रीमती सावित्री घले गुरुङले २१३ कित्ता नम्बरको जग्गा भाटभटेनीसँग खरिद गरी आफ्नो नाममा बनाएको देखिएको भन्दै उनलाई ३८ करोड ८० लाख ९१ हजार ९३४ रुपैयाँ बिगो बराबरको सरकारी जग्गा आफ्नो नाममा बनाएको आरोप छ ।

मीनबहादुरकी छोरी कामना गुरुङको नाममा पनि १३९१।३७ वर्ग मिटर जग्गा दर्ता कायम भएको देखिएको छ । ६१ करोड ५५ लाख ५ हजार ७६८ रुपैयाँ बिगो बराबरको जग्गा आफ्नो नाममा बनाएको अनुन्धानबाट खुलेको हो ।

डीएलएफ प्रालिका सञ्चालक श्रवणकुमार गोयलले कम्पनीको नाममा ७३७७।०५ वर्ग मिटर जग्गा दर्ता कायम गरेको देखिएको छ । २ अर्ब २४ करोड ३६ लाख ५७ हजार ८०० रुपैयाँ बराबर समरजंग कम्पनीको जग्गा आफ्नो नाममा ल्याएको आरोप छ ।

शिवरतन सारडासमेत सञ्चालक रहेको डीएलएफ डेभलपर्सको नाममा पनि सोही बराबरको बिगो, सन्दीपकुमार सारडा, कैलाशचन्द्र गोयललाई पनि सोही बराबरको विगो माग गरेको देखिएको छ । यी सबै फरार सूचीमा छन् ।

कैलाशचन्द्र गोयलकी श्रीमती निर्मलादेवी गोयलले पनि समरजंग कम्पनीको नाममा रहेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप छ । उनले ४२ करोड २ लाख ८१ हजार ७५५ रुपैयाँ बिगो बराबरको जग्गा आफ्नो नाममा पारेको आरोप छ ।

मीनबहादुर गुरुङका भाइ पहलमान गुरुङकी श्रीमती सरला गुरुङले सरस्वती घले गुरुङसँग संयुक्त नाममा २३३२।०२ वर्गमिटर क्षेत्रफल जग्गा दर्ता गरेको पाइएको छ । १ अर्ब ३८ करोड २८ लाख ५० हजार २७५ रुपैयाँ बिगो बराबरको जग्गा कायम गरेको पाइएको हो ।

यता सरला घले गुरुङको नाममा मात्र ७०।३६ वर्ग मिटर जग्गा अधिग्रहण गरेको, सरकारी जग्गा व्यक्ति विशेषको नाममा हुँदैन भन्ने थाहा हुँदाहुँदै आफ्नो नाममा पारेको भन्दै १ अर्ब ८ करोड ६९ लाख ५४ हजार ८०७ रुपैयाँ बिगो बराबरको सरकारी जग्गा व्यक्ति विशेषको नाममा पारेको आरोप छ ।

यस्तै किया मोटरका विक्रेता चर्चित व्यवसायी सुहृद घिमिरेले श्रीमती रेखा घिमिरेले खरिद गरेको जग्गामा साक्षी बसेर मुचुल्कामा सहीछाप गरेको देखिएको भन्दै उनलाई पनि आरोपित ठहर गरिएको हो । सोही अभियोगमा सुहृदलाई २३ करोड ४६ लाख ६६ हजार ६६७ रुपैयाँ विगो बराबरको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्दा साक्षी बसेको अभियोग छ ।

सुहृदकी श्रीमती रेखा घिमिरेले सरकारी जग्गा आफ्नो नाममा सारेर खण्डीकरण गरी विभिन्न व्यक्तिको नाममा बिक्री गरेको भन्दै ७० करोड ३९ लाख १४ हजार ४४६ रुपैयाँ बिगो बराबरको सरकारी जग्गा हड्पेको आरोप छ ।

नविन खेतानकी श्रीमती सीपिका खेतान, सुमितकुमार वंशलकी श्रीमती देवान्सी गोयल, डिम्पल वंशल, देवान्सी गोयल, गोविन्दलाल सांघाइ, मनोजकुमार केडियासमेतको नाममा जग्गा कायम भएको देखाइएको छ । यद्यपि यिनीहरुको बिगो रकम भने खुलाइएको छैन ।

१९८६ देखि १९८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ भीमशमशेरले किनेको र पछि यो जग्गा उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको देखिन्छ । बालुवाटारको २९९ रोपनी ९ आना जग्गा र त्यहाँ निर्मित दरबार नै ‘ललिता निवास’ हो ।

मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेको देखिन्छ । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २८७ रोपनी ५ आना जग्गा लालमोहर लागेको थियो । पछि हाल साबिक गर्दा २९९ रोपनी ९ आना देखियो । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिए । पछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो । अहिले सोही जग्गा विवाद चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group