ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाणलाई केन्द्रीय कारागार पुगेर भेटे शशांकले


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   १ : ०२   बजे

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता डा: शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर बुधबार भेटेका छन्।

बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको बताइएको छ।

नक्कली शरणार्थी प्रकरणमा जेल पर्नुअघि खाण कांग्रेसमा शक्तिशाली नेता मध्ये एक थिए। संस्थापन पक्षमा रहेका खाण अचानक जेल जानुपरेपछि उनलाई भेट्न दैनिकजसो नेताहरु पुग्ने गरेका छन्।

पछिल्लो समय उनलाई भेट्न धेरैजसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी पुग्ने गरेका छन्। त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले पनि नियमित भेट्ने गरेका छन्।

कांग्रेस नेता शेखरले केन्द्रीय कारागार पुगेर भेटे बालकृष्णलाई
यसअघि खाणलाई परराष्ट्र मन्त्री एनपी साउदले पनि जेलमा पुगेर भेटिएसकेका छन्। कांग्रेसका अर्का नेता डा। शेखर कोइरालाले खाणलाई गत साउन १३ गते केन्द्रीय कारागार पुगेर भेटेका थिए।

खाणसहित नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरुले रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

यसअघि सबै अभियुक्तहरुको फाइल एकैठाउँ राखेर पेस गर्न अदालतले भनिसकेको छ। दुई नेताबीचको कुराकानीबारे केही खुलेको छैन।

उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाएको थियो। अब ती सबै प्रतिवेदनलाई एकै ठाउँ राखेर मुद्दाको सुनुवाइ अघि बढ्दैछ।

अब उच्च अदालतले खाणसहित थुनामा रहेकाहरुलाई रिहा गर्ने वा जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिने छ। तर मुद्दाको सुनुवाइको मिति निश्चित भइसकेको छैन।

कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला पनि शेरबहादुर देउवाकै क्याम्पमा थिए। खाण पनि संस्थापनबाटै केन्द्रीय सदस्यमा उठेर विजयी भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu