ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको भ्रमणअघि एमाले महासचिव पोखरेलको टोली चीन जाँदै


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   १ : १४   बजे

काठमाडौं, १३ भदौ । चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ।

एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई चीन पठाउने गरी निर्णय भइसकेको छ।

‘१०र१२ दिनको भ्रमण हुने भनेर सचिवालयबाट निर्णय भएको छ,’ एक पदाधिकारीले भने, ‘प्रमुख प्रतिपक्षी दलको महासचिव नै भ्रमणमा जाने भएकोले उच्च तहमा भेटवार्ता हुने बताइएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग वार्ता गर्नेछन्।

प्रचण्डको भ्रमणअघि एमाले नेताहरुले चीनको भ्रमण गर्न लागेका हुन्।

‘केही जिल्ला, क्षेत्र र केही विभागलाई समेटेर भ्रमण दलका सदस्य तय गर्ने भनिएको छ,’ ती पदाधिकारीले थपे, ‘यस्ता भ्रमणले थप हार्दिकता बढाउँछ।’

‘यो पार्टी टोलीको भ्रमण भएकाले नेपालको राजनीतिक अवस्थासहित पार्टीगत सम्बन्धबारे छलफल हुन्छ होला, त्यसबाहेक चीनले नेपाललाई पछिल्लो दिन कसरी हेरिरहेको छ, उसको चाहना के छ त्यो पनि बुझिन्छ’, उनले भने।

भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टीका कुन तहको नेता भेट्ने खुलेको छैन। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उच्च तहका नेतृत्वसँग बेइजिङमा भेटवार्ता हुने सम्भावना छ।

‘उच्च तहकै रुपमा यो भ्रमणलाई लिइएको छ, चिनियाँ कम्युनिष्ट पार्टीले भ्रमणको निमन्त्रणा दिएको हो,’ उनले  भने।

यसअघि जेठ ६ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासहितको २० सदस्यीय टोलीले चीनको भ्रमण गरेको थियो। त्यसपछि माओवादीका महासचिव देव गुरुङले चीन भ्रमण गरेका थिए।

अहिले प्रमुख प्रतिपक्षीमा रहेको एमालेका उच्च तहका नेताहरुलाई भ्रमणमा बोलाएर चीनले केही सन्देश दिन खोजिरहेको देखिन्छ।

एमालका अन्तर्राष्ट्रिय विभाग प्रमुख डा। राजन भट्टराईले महासचिवसहितको भ्रमण निश्चित भए पनि टोलीमा रहने संख्या र मिति तय नभएको बताए।

‘भ्रमण गर्ने निश्चित हो, समय र संख्या टुंगो लागेको छैन,’ भट्टराईले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu