ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   १ : ३३   बजे

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ ।

एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए ।

बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।‘मोर्चाको मूल मर्म विपरीत हुने गरी उहाँहरूले एमसीसी कार्यान्वयनको घोषणा गर्ने भनेपछि हामीले असहमति राखेका छौँ । मोर्चा निर्माणका क्रममा नै हामीले समाजवाद र राष्ट्रिय स्वाधीनताको विषयलाई मुख्य बनाएका थियौं’, बैठकमा सहभागी नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले अनलाइनखबरसँग भने, ‘उहाँ ९प्रधानमन्त्री० ले एमसीसी कार्यान्वयन घोषणालाई रोक्न नसकिने भनेपछि हामीले एमसीसी कार्यन्वयन पनि गर्ने, हामीसँग समाजवादी मोर्चामा पनि रहने कुराको तादम्यता मिलेन भन्यौँ । त्यसपछि आज धनगढीमा गर्ने भनिएको मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ ।’

बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित थिए ।

बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल उपस्थित भएनन् । ‘उहाँले पनि आउँछु भन्नुभएको थियो । तर पछि भ्याइएन भनेर खबर पठाउनुभएको थियो । हामीले राखेको विषयमा आफू सहमत भएको उहाँको धारणा छ’, शर्माले भने ।

उनले तत्कालका लागि धनगढीको कार्यक्रम स्थगित भए पनि मोर्चाको नै तोडिएको भनेर बुझ्न नहुने बताए ।

‘हामीले एमसीसी पनि कार्यन्वयन गर्ने र समाजवादी मोर्चाको कार्यक्रममा पनि सँगै सहभागी हुने सम्भव छैन भन्यौं’, शर्माले भने, ‘त्यसो भए आजको कार्यक्रमलाई स्थगित गरौं र मोर्चालाई अगाडि बढाउने विषयमा पुनः छलफल गरौं भन्ने सहमति भएको छ ।’

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको तहमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu