ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका एक सय ३७ कर्मचारीले मागे सामूहिक सरुवा


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ३ : २४   बजे

काठमाडौं, १३ भदौ । गत साउन ३ गते बरामद भएको साढे ६० केजी तस्करी सुनका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु तनावमा परेका छन्।

भन्सार र सुरक्षा जाँचपास भएर बाहिरिन लागेको उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि भन्सारका केही कर्मचारी पनि अहिले पक्राउ परेका छन्।

यस्तोमा विमानस्थल भन्सारका कर्मचारीहरुले आफूहरुको निरन्तर बदनाम भइरहेको बताउँदै सामूहिक सरुवाका लागि माग गरेका हुन्।

भन्सार विभागका महानिर्देशकलाई सामूहिक रुपमा पत्र लेख्दै उनीहरुलाई त्रिभुवन विमानस्थलबाट अन्यत्र सरुवा गरिदिन माग गरेका हुन्।

‘।।।लगभग ६० किलो सुन भन्सार चोरीरछली जाँचपास भएको भन्ने घटनाक्रमपछि विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरुबाट हामीहरुलाई बिनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस भएको छ’, उनीहरुले भनेका छन्, ‘

उक्त घटनामा दोषीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन। तर कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पूरा गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ।’

उनीहरुले उक्त सुन प्रकरणपछि घर, परिवार कुन मानसिक तनाबबाट गुज्रिएको बताएका छन्। ‘बिनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको छ।

हामीसँग सरोकार राख्ने विभिन्न निकायहरुले हामीप्रतिको दृष्टिकोण नकारात्मक हुँदै गएको अवस्था छ’, उनीहरुले भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा पनि आफ्नो व्यक्तिगत जीवन थाती राखी घर, परिवार, समाज नभनी राज्यको सेवामा निरन्तर खटिएका छौं। यी तमाम परिस्थितिका वाबजुत कार्यालयमा नियमित उपस्थित भई काम गर्ने मनोविज्ञान तथा वातावरण नरहेको हुँदा यस भन्सार कार्यालयबाट सामूहिक सरुवा गरिदिनुहुन अनुरोध गर्दछौ।’

उनीहरुले आफूहरुको मागको सम्बोधन नभएमा कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने अवस्था आउने पनि बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu