ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इञ्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन त्रिविको निर्देशन : विद्यार्थी सङ्गठनसँग ५ बुँदे सहमति


एबीसी न्यूज
१४ भदौ २०८०, बिहिबार   ९ : ५३   बजे

काठमाडौ भदौ १४ । त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिएको छ । उपकुलपति धर्मकान्त बास्कोटासहित पदाधिकारी र आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनबीच ५ बुँदे सहमतिपछि त्रिविले बढेको शुल्क फिर्ता लिन निर्देशन दिएको हो ।हिजो भएको छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति बास्कोटा र ५ विद्यार्थी सङ्गठनका प्रतिनिधिलगायत सहभागी थिए ।

२६ वर्षदेखि शुल्क वृद्धि नहुँदा इञ्जिनियरिङका आङ्गिक क्याम्पस चल्नै नसक्ने अवस्था आएको भन्दै संस्थानले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी स्नातक तहको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्याएको थियो । अब नयाँ शुल्क कायम भएपछि मात्रै आउँदो शैक्षिक सत्रको प्रवेश परीक्षा सञ्चालन गरिने भएको छ ।विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिबाट शुल्कका विषयमा ७ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस हुनेछ । डिन कार्यालयका अन्य परीक्षा यथावत् सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ । शुल्क वृद्धिको निर्णय फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनहरुले प्रदर्शन र आमरण अनसन गर्दै आएका थिए ।सहमतिपछि शुल्क वृद्धि फिर्ता गर्न माग राखेर विद्यार्थी सङ्गठनले गर्दै आएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu