ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्ष दल एमालेमामा धाँजा परेर विस्फोटको अवस्था बन्दैछ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
१४ भदौ २०८०, बिहिबार   ६ : १३   बजे

सुर्खेत १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डले प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०लाई संकेत गर्दै नेता र कार्यकर्तामा हैरानी भइरहेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एमालेभित्र विभाजन हुन लागेको टिप्पणी गरेका हुन् ।

प्रतिपक्षभित्र नेता र कार्यकर्तामा चरम असन्तुष्टि रहेको र त्यो बाहिर आउने अवस्थामा पुगेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘म अहिले नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ, नेताहरूको विशाल पंक्ति, कार्यकर्ताहरूको विशाल पंक्ति हैरान(परेशान भएर कहीँ न कहीँ विस्फोट हुने परिस्थितिमा पुगेको छ ।’

एमालेभित्रको विवाद सार्वजनिक भएर विभाजन भएमा कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुने दाहालको विश्वास छ । ‘त्यहाँबाट फेरि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुनेछ भन्ने विश्वास छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जनताले सडकबाट दबाब दिनुपर्ने बताए । समाजवादी मोर्चाले बर्खायाम सकिएपछि जनतालाई भ्रष्टाचारविरुद्ध, सुशासन, जनजिवीका, राष्ट्रियता, न्यायका पक्षमा सडकमा उतार्नुपर्ने उनको भनाइ थियो ।

सरकारले मात्रै कदम चालेर भ्रष्टाचारविरोधी अभियान सफल नहुने दाहालले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा दुई पटक विभाजन गरेपछि नेताहरूका विज्ञप्ति र सडक प्रदर्शनले मात्रै पुनस्स्थापना नभएको दाहालले स्मरण गराए । मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं गई जनताले प्रदर्शन गरेपछि प्रतिनिधिसभा पुनस्स्थापना सम्भव भएको उनको भनाइ थियो । उनले भने, ‘पटक–पटक सदन विघटन गरियो, संविधान मिचेर । नेताले वक्तव्य निकालेर मात्रै हुनेवाला थिएन । जनता आन्दोलित भएपछि कसैले पनि विघटनलाई साथ दिनसक्ने अवस्था भएन ।’

समाजवादी मोर्चा बनेदेखि नै भत्काउन सकिन्छ कि भनेर अनेक प्रयत्न भएको दाहालले बताए । तर, सत्तारुढ दल कांग्रेस र समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलहरू सँगसँगै रहेको उनको भनाइ थियो । गणतन्त्र र परिवर्तनको पक्षमा अहिलेको सत्तारुढ गठबन्धन प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu