ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्सामा नेपालको भू–भाग भारतमा देखाएकाले भन्दै बालेनले चीन भ्रमणमा रद्ध गरे


ABC NEWS
१४ भदौ २०८०, बिहिबार   ६ : ३८   बजे

काठमाडौं १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्।
बालेनले लेखेका छन्– हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं।
केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले भने व्यस्तताका कारण चीन भ्रमणमा नगएको बताएका छन्।

‘मेयरको कार्यव्यस्तताले गर्दा जान नपाउनु भएको हो,’ उनले भने, ‘चीनमा एक एक्सचेन्ज प्रोगाम थियो। पर्यटन प्रवर्द्धनका लागि विभिन्न शहरका पदाधिकारी बोलाइएको थियो।’
फेसबुक स्टाटस चीनको नयाँ नक्साबारे बालेनको धारणा भएको उनले बताए।
‘फेसबुकमा उहाँले कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा नसोधी भारतको देखाएकोमा आफ्नो धारणामात्र राख्नुभएको हो। यो पनि अर्को कारण भए पनि चीन नजानुको प्रमुख कारण कार्यव्यस्तता नै हो,’ उनले भने।
गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो।
सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो।
भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्।
द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पुरै र अक्साई चीनको क्षेत्र समेटिएको छ।
ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो।
केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो।
भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ।
चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्मियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu