ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपी र डीएसपीको सरुवाको तयारी, मापदण्ड मिचेर ‘इन्चार्ज’ बन्न डीएसपीको दौडधुप


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   १ : ४०   बजे

काठमाडौं, १५ भदौ । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक एसपी र प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा गर्ने तयारी गरेको छ । लामो समय रोकिएको एसपी र डीएसपीको सरुवाको सूचना केही दिनभित्रै निकाल्ने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मापदण्ड नै बनाएर सरुवा गर्ने गृहकार्य थालेको प्रहरी प्रधान कार्यालयले मापदण्ड उल्लंघन गर्ने प्रहरी अधिकारीको दबाबाका कारण सरुवा रोकिँदै आएको छ ।

प्रहरी प्रधान कार्यालयले साउन २१ मा जारी गरेको मापदण्डमा प्रचलित नियमानुसार एकवर्ष बाँकी रहेका प्रहरी अधिकारीको हकमा त्यस्ता प्रहरी अधिकारीले चाहेको ठाउँमा सरुवा पठाउन सकिने तर कार्यालय प्रमुखको जिम्मेवारी दिन नसकिने उल्लेख छ ।

तर, अवकासको एक वर्ष बाँकी रहेका एसपी, डीएसपीले विभिन्न जिल्ला प्रमुख भएर जान शक्ति केन्द्रमार्फत दबाब दिँदा बढुवामा सकस परेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । शक्तिकेन्द्रमार्फत दबाब दिने समूह १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक असईबाट सेवा सुरु गरेर डीएसपी दर्जामा पुगेका अधिकारीहरु हुन् ।

उक्त टोलीका हालसम्म दुईजना डीएसपीद्वय केशवबहादुर कार्की र टीकाबहादुर कार्की प्रहरी सेवाको ३० वर्षे सेवा हदका कारण अवकाशमा गइसकेका छन् ।

बाँकी ३१ डीएसपी आगामी ०८१ भदौमा अनिवार्य अवकाशमा जानेछन् । अवकाशको एक वर्ष मात्रै बाँकी रहेका यही टोलीका केही अधिकारी कार्यालय प्रमुख हुन तीव्र दौडमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu