ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप लगाएसँगै नियन्त्रणमा आउन थाल्यो लम्पी स्किन रोग


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   २ : ५५   बजे

काठमाडौं, १५ भदौ । गाईभैँसीमा देखिएको लम्पी स्किन रोग पछिल्लो समय नियन्त्रणमा आउन थालेको छ। लम्पी स्किन विरुद्धको खोप लगाइएसँगै रोग नियन्त्रणमा आउने क्रम बढेको पशु विशेषज्ञहरुको भनाइ छ।

बागमती प्रदेशमा सबैभन्दा पहिला मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका पशुमा यो रोगको संक्रमण पुष्टि भएको थियो। त्यसपछि प्रदेशभर नै फैलिएको लम्पी स्किन डिडिज् खोप लगाउन थालिएपछि फैलने क्रम बिस्तारै कम हुँदै गएको हो।

बागमती प्रदेशमै पहिलो पटक मकवानपुरगढी गाउँपालिकाका गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको थियो। आफ्ना गोठमा पालेका गाईभैँसीको शरीरमा स–साना घाउ देखिन थालेपछि किसानहरुले फोहोरले उप्सिएका घाउ होलान् भनेर वास्ता गरेनन्। घाउ पाक्दै गयो, गाईले दूध पनि सुकाउँदै जान थालेपछि गाई थला पर्यो र अन्त्यमा मृत्यु भयो।

सुरुमा रोग लागेको गाई मर्ने र गोठमा भएका अरु गाईभैँसीलाई यस्ता समस्या देखिन थालेपछि यहाँका किसानहरुले पशु विशेषज्ञलाई बोलाएर जाँच गराउँदा लम्पी स्किन रोगको संक्रमण भएको पाइयो। गोठभरी गाई पालेका किसानहरुले उत्पादन भएको दूध फाल्न पर्ला कि भन्ने चिन्ताले रोग लागेको कुरा लामो समय गुपचुप नै राखेको स्थानीय सुस्मिता पाख्रिनको भनाइ छ।

फार्म सञ्चालन गरेर गाई पालिरहेका किसानहरुले सुरुमा के रोग हो भन्ने पत्तो नपाउँदैमा दुईरतीन वटा गाई मरेका थिए। तर अन्य स्वस्थ पशुमा समेत यस्तै लक्षण देखिन थालेपछि पशु प्राविधिक, भेटेरिनरी अस्पताल तथा कृषि मन्त्रालयका प्राविधिकहरुको टोलीले खोप लगाउन सुरु गरेपछि रोग लागेका गाईहरु समेतलाई निको भएको भन्दै खुसी लागेको मकवानपुरगढी सरिता घलान बताउँछिन्।

यता, लम्पी रोगका कारण दूध उत्पादनमा समेत ह्रास आएको दूग्ध कृषि सहकारीको अनुभव छ। केही समय दूध उत्पादनमै कमि आउँदा कृषि सहकारीहरुले खोपको उपलब्धतासँगै, पोषणयुक्त आहारा वितरण गरिदा लगभग सामान्य अवस्थामा फर्किन सकिएको मनकामना दूग्ध सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए।

त्यसोत, आफ्नो स्थानीय तहमा लम्पी स्किन रोग देखा परेपछि स्थानीय तहले नै कार्यविधि तयार गरेर खोप खरिद गरेको थियो। उक्त खोप लगाउँदै गर्दा भेटेरिनरी अस्पतालका प्राविधिक सहयोग तथा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप खोप उपलब्ध गराएपछि अहिले नयाँ संक्रमित पशु नभेटिएको गाउँपालिकाको तथ्यांक छ। अहिले नियन्त्रणमा आएपनि यस्ता माहामारीको लागि सतर्क रहनुपर्ने तथा सबै किसानका पशुको गाउँपालिकाले नै निशुल्क बीमा गरिदिने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान्को भनाइ छ।

यता, जिल्लामा खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख वरिष्ठ पशु अधिकृत ब्रजकिशोर ठाकुरले बताए।

बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा देखिएको लम्पी स्किन सङ्क्रमणका कारण हालसम्म जिल्लामा १३ हजार ९ सय ९१ पशु प्रभावित भएकोमा ५ सय पशुको मृत्यु भएको छ।

यस्तै, बागमती प्रदेश सरकारले आयोजना गरेको लम्पी स्किन रोग विरुद्धको सप्ताह व्यापी खोप अभियानमा मकवानपुरमा ६ हजार ९ सय ७९ पशुवस्तुमा खोप लगाइएको तथ्यांक छ भने हालसम्मको अवधिका जिल्लाको १० वटै स्थानीय तहमा गरी २४ हजार ६ सय ६ डोज खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको तथ्यांक छ्।

रोग लागेका १३ हजार ४ सय ९० पशु संक्रमण मुक्त भैसकेका छन् भने, हाल ६ सय ९८ पशुवस्तु उपचारत रहेको विज्ञ केन्द्रले जानएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu