काठमाडौं १५ भदौ । संयुक्तराज्य अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्।
शुक्रबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर नेपाल आइपुगेको अमेरिकी राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार उनले आफ्नो भ्रमणका क्रममा अमेरिका(नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
‘अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ’, दूतावासले भनेको छ, ‘भ्रमणका क्रममा उहाँले अमेरिका(नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुनेछ।’
नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि बताइएको छ।
प्रतिक्रिया दिनुहोस्