ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ महिनामा नेपालमा ६ लाख पर्यटक भित्रिए, भारतपछि दोस्रो बजार चीन


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   ४ : ४४   बजे

काठमाडौं, १५ भदौ । । नेपालमा सन् २०२३ को आठ महिनामा ६ लाख बढी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अगष्टसम्ममा ६ लाख एक हजार ३६० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका हुन् ।

कोरोना महामारीको कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै गएको बोर्डको तथ्यांकले देखाएको छ ।

अगष्टमा मात्र ६७ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । जबकी २०२२ को यही महिनामा ४१ हजार ३०४ पर्यटक नेपाल आएका थिए ।

यस्तै, २०२१ अगष्टमा ६ हजार ९३ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

कुन महिनामा कति ?
जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक हवाईमार्गबाट नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका छन् । अगष्टमा ६७ हजार १५३ पर्यटक नेपाल आएका छन् ।

सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य लिएको छ । आठ महिनामा ६ लाख मात्र पर्यटक नेपाल आएका छन् । सरकारको लक्ष्य पुरा गर्न बाँकी चार महिनामा चार लाख पर्यटक नेपाल भित्रनुपर्छ ।

सन् २०२३ सकिन चार महिना बाँकी छ । उक्त समयवधिमा चार लाख पर्यटकले नेपाल भ्रमण गरेमात्र सरकारको लक्ष्य पुरा हुन्छ । सरकारले लिएको लक्ष्य पुरा हुनेमा धेरैको आशंका छ ।

तर, बोर्डमा निर्देशक लामिछाने सरकारको लक्ष्यभन्दा धेरै पर्यटकले नपाल भ्रमण गर्ने बताउँछन् ।

लामिछानेले सरकारले लिएको लक्ष्यभन्दा धेरै पर्यटक नेपाल भ्रमण गर्नेसमेत दाबी गरे । पर्यटकको लागि विस्तारै सिजन सुरु हुने उनले बताए ।
अहिलेसम्मको पर्यटन आगमन तथ्यांकअनुसार नेपालमा अक्टोबर र नोभेम्बर धेरै पर्यटक आउने उनले बताए ।

सोहीअनुसार यस वर्षमा पनि अक्टोबर र नोभेम्बरमा पर्यटकको संख्या उल्लेख रूपमा वृद्धि हुने दाबी गरे ।

अगष्टमा कुन देशबाट कति पर्यटक आए ?
अगष्टमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांकअनुसार भारतबाट २६ हजार ६६५ पर्यटक नेपाल आएका छन् ।

दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट पाँच हजार २७ पर्यटक नेपाल आएका छन् ।

यूएसएबाट चार हजार ६२९, श्रीलंकाबाट तीन हजार ८५८, बंगलादेशबाट तीन हजार १९०, यूकेबाट दुई हजार ७११, स्पेनबाट एक हजार ५८, जापानबाट एक हजार ५२०, इटलीबाट एक हजार ४९६ र अष्ट्रेलियाबाट एक हजार ३४७ पर्यटक नेपाल आएका छन् ।

पछिल्लो दुई महिनायताका तथ्यांकअनुसार चिनियाँ पर्यटक आगमनमा वृद्धि भएको छ ।

चिनियाँ बजारमा गरिएको प्रचारप्रसारले पर्यटक आगमनमा सुधार भएको निर्देशक लामिछानेले बताए ।

“चिनियाँ पर्यटक बढ्नुको कारण चीनमा गरिएको प्रचारप्रसार पनि हो । साथै, चीनले पर्यटन गतिविधि खुला गर्नुले पनि सकारात्मक सन्देश पायो । उडान थप पनि भयो, घुम्ने देशको टप १० मा नेपाललाई राख्नु लगाएतले नेपालमा बढेको हो,” निर्देशक लामिछानेले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu