ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विष्णु पौडेल र म एकै ठाउँमा छौं, शंका गर्नुपर्दैन : शंकर पोखरेल


एबीसी न्यूज
१६ भदौ २०८०, शनिबार   ४ : ०५   बजे

बुटवल, १६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।

बुटवलमा आयोजित प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पोखरेलले यो अधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।

‘लुम्बिनी प्रदेश अधिवेशनमा मात्र हैन अरु सबै विषयमा विष्णु पौडेल र शंकर पोखरेल एक ठाउँमा छन् कसैले शंका गर्नुपर्दैन’, पोखरेलले भने । लुम्बिनी प्रदेशको अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आआफ्नो नजिकको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको र दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुन लागेको समाचारहरु आइरहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले लुम्बिनी प्रदेश अधिवेशनले दिने सन्देशले अरु प्रदेशलाई मार्गनिर्देशन दिने पनि बताए । एमालेभित्र केपी ओलीको नेतृत्वमा सिंगो पार्टी एकतावद्ध रहेको भन्दै महासचिव पोखरेलले २०८४ सालको चुनावमा बहुमत ल्याउन लुम्बिनी अधिवेशनबाट एकताको सन्देश दिन जरुरी रहेको धारणा राखे ।

राजनीतिक अस्थिरता र सामाजिक अराजकता देशको मुख्य समस्या भन्दै महासचिव पोखरेलले धेरै दलहरु हुँदा झन् राजनीतिक अस्थिरता बढेकाले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।

‘जति धेरै राजनीतिक दल उति धेरै अस्थिरता यो मुलुकले भोगेको छ’, पोखरेलले भने । महासचिव पोखरेलले समाजवादी मोर्चाको नाममा नाटक मञ्चन भइरहेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group