काठमाडौं, १६ भदौ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ ।
श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ ।भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गरेका छन् ।एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।
त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ ।एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।भारतको यो पहिलो खेल हो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ।
प्रतिक्रिया दिनुहोस्