ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जति गफ गरेपनि प्रचण्डले विप्लवलाई शान्तिपूर्ण बाटोमा ल्याएका होइनन्, मैलै हो : ओली


ABC NEWS
१६ भदौ २०८०, शनिबार   ५ : ३७   बजे

बुटवल १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई शान्तिपूर्ण बाटोमा आफैंले ल्याएको बताएका छन्।

शनिबार बुटवलमा एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आजकल के जति मोर्चा बनाएर संगै कुम जोडे पनि प्रचण्डले नभई आफूले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दावी गरे ।

‘विप्लव त माओवादी प्रचण्डले हिंसा छाडेपनि उनले छाडेका थिएनन्। बम लगाउँदै, आगो लगाउँदै, सुतली बम गर्दै हिँडेका थिए। प्रचण्डले आफूले सँगै ल्याउन सकेका थिएनन, उनलाई हामीले हो राजनीतिको मूलधारमा ल्याएका हौं,’ ओलीले भने।

सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा हामीले ल्यायौं। ‘सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा हामीले ल्याएका हौं,’ उनले भने।
कार्यक्रममा बोल्दै फरक प्रसंगमा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको दाबी गरेका छन्। उनले पार्टीको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

अरु पार्टीको जस्तो अधिवेशनका लागि अधिवेशन आफ्नो पार्टीमा नहुने उनले बताए।

‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group