ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी नेतृत्वमा ओलीको कुनै विकल्प छैन : उपाध्यक्ष पौडेल


ABC NEWS
१६ भदौ २०८०, शनिबार   ५ : ४४   बजे

बुटवल १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताएका छन् ।

अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई सिंगो एमालेले पानीको फोकाजस्तै बनाइदिने उनले बताए ।

‘एमाले नेता, नीति, विधि र विचारमा एकताबद्ध छ, कुनै अस्पष्टता छैन,’ उनले भने, ‘अध्यक्ष केपी ओलीकै नेतृत्वमा पार्टीले मिसन–८४ संचालन गरिरहेकाले कोही कसैले कुण्ठित आशा नराखे हुन्छ, नेतृत्वको विषयमा विवाद आज पनि छैन र भोलि पनि हुने छैन ।’ कसैले त्यस्तो कुण्ठित मनसाय राखेर विवाद ल्याउने प्रयास गर्छ भने पनि त्यसलाई आफूहरुले सावधानीपूर्वक अघि बढ्ने उनले स्पष्ट पारे ।

एमाले लुम्बिनी प्रदेशको शनिबार बुटवलमा सुरु भएको सम्मेलन उद्घाटन सत्रमा बोल्दै एमाले जिवन्त पार्टी भएको र जिवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने उनले बताए । ‘गुट बनाउनेले पार्टी समाप्त पार्छन्, पार्टी बनाउनले गुट समाप्त पार्छन्,’ उनले भने, ‘अब तपाईंहरु कुन बाटो रोज्नुहुन्छ, त्यो यही अधिवेशनबाट स्पष्ट सन्देश दिनुहोस् ।’ हामी नेताहरु पार्टी निर्माणको कठिन यात्रामा अघि बढिरहेकाले अनेक षड्यन्त्रबाट आउने रंगीन समाचारहरुबाट कोही पनि कार्यकर्ता र शुभचिन्तकहरु तंरगित नहुन उनले आग्रह गरे ।

एमाले पार्टीभित्र बसेर भित्रैबाट गुटउपगुट चलाउने र चर्चा गरेर बस्ने छुट कसैलाई नरहेको पनि उनले बताए । उनले गुटबन्दी कायरता भएको र विष्णु पौडेलको ४५ वर्षे राजनीतिक यात्रामा कहिल्यै पनि गुटका सहारा नलिएको दाबी गरे । ‘गुटबन्दीको सहारा लिने भनेका कायरहरु हुन्,’ उनले भने, ‘पार्टीभित्र भविष्य नदेख्ने र संगठनको काम गर्न नसक्नेहरुले मात्र गुटको सहारा लिन्छन् ।’

उनले आफ्नो क्षमता बिर्सेर पार्टी नेताको सहारा लिएर अघि बढ्न खोज्नेलाई दासको संज्ञा दिए । ‘दासहरुले आफै केही गर्न नसक्ने भएपछि नेताको नाम बिक्रीगर्ने गर्छन्,’ उनले थपे, ‘त्यसैले लुम्बिनी प्रदेशमा कोही पनि दास बन्ने प्रयास नगर्नुस्, सच्चा र कुशल संगठन र कार्यकर्ता बनेर नेतृत्व छनोट गर्नुस् ।’ उनले अधिवेशनमा सहभागी प्रतिनिधि र कार्यकर्तालाई दास नबन्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu