ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनेका सिंहदरबार जलाउने अभिव्यक्ति पहिलो होइन, सवै नेतालाई सिसडोलमा डम्प गर्ने पनि बताएका थिए


ABC NEWS
१७ भदौ २०८०, आइतबार   ६ : १५   बजे

काठमाडौं । बालेनको राजनीतिक दल र सरकारप्रतिको अराजकता भने उनकी ट्राफिकले सोधपुछ गरेको झोकमा सिंहदरबार जलाइदिने बालेन्द्रको धम्कीभिव्यक्तिके मेयर जस्तो पदासिन व्यक्तिले व्यक्त गर्ने अभिव्यक्तिले अराजकताको सिमा नाघेको छ । तर उनको यो अभिव्यक्ति पहिलो भने होइन । यस अघि २०७९ चैत २५ शनिवार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ३ वटा सन्देशले तरङ्ग सिर्जना गरेको थियो । उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजक अभिव्यक्तिको संज्ञा दिएका थिए । मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरूप्रति लक्षित थियो । उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

यस्तै उनको दोस्रो सन्देश भने प्रहरीले महानगरपालिकाका फुटपाथ मिचेको बारेमा छ । शाहले महानगरपालिका भित्रका विभिन्न वडामा सडक अतिक्रमण गरी बनाइएको प्रहरी बिट हटाउन चेतावनी दिएका छन् ।

उनले ती प्रहरी बिटको फोटोसहित लेखेका छन्– ‘फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ । राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

यस्तै उनको तेस्रो झटारो सरकारप्रति थियो । उनले भारत र चीनले बनाइदिएको सरकारको कुनै इज्जत नगर्ने भन्दै नेपाल कहिले स्वाधीन हुने भन्दै प्रश्न गरेका थिए । उनले लेखेका छन्– ‘भारत र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

एमाले महासचिव शङ्कर पोखरेलले ट्विटरमार्फत बालेनको अभिव्यक्तिको विरोध गर्दै जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन् । उनले भनेका छन्– ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नै पर्दछ ।’

नेकपा एकीकृत समाजवादीका नेता डा।विजय पौडेलले ट्विटरमा भनेका छन्– ‘काठमाडौँका मेयर बालेन साहको अभिव्यक्तिले अराजकताको सीमा नाघ्दै छ । सरकार गम्भीर बनोस् । सिंहदरबारका सबैलाई खाल्टोमा पुर्ने भनिएको लगायतका अभिव्यक्ति आपत्तिजनक छन् ।’ सामाजिक सञ्जालमा राजनीतिक दलका नेता कार्यकर्ताले उनको अभिव्यक्तिप्रति आपत्ति जनाइरहेका बेला उता धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ् राईले भने समर्थन गरेका छन् । मेयर राईले लेखेका छन्– ‘मेयर बालेन झुकेगा नहि, अब भष्टचारको पोकोलाई तह लगाउनै पर्छ ।’

शुक्रवार महानगरपालिकाले काठमाडौँको तीनकुने नजिकै रहेको गैरी गाउँको सुकुम्वासी बस्ती हटाउन डोजर लगेको थियो तर सुकुम्वासी आन्दोलनमा उत्रिएपछि महानगर पछि हटेको थियो । मेयर शाहले पटक–पटक बागमती नदी किनारमा बसेका सुकुम्वासीलाई हटाउन सहयोगका लागि सरकारलाई आग्रह गरिरहेका छन् । तर सरकारले भने उनको आग्रहलाई टेर पुच्छर लगाएको छैन । यसअघि पनि उनले थापाथलीस्थित बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्ती हटाउन अघि सर्दा केही नगर प्रहरी घाइते भएका थिए । सुकुम्वासी बस्ती हटाउन सरकारको सहयोग नपाएपछि उनी आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।

शानिबार बालेनपत्नी चढेको महानगरको गाडी ट्राफिकले सोधपुछ गरेको झोकमा सिंहदरबार जलाइदिने बालेन्द्रको धम्की

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu