ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   ८ : ३९   बजे

काठमाडौँ, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।
बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि आक्रोश पोखेका छन् ।

नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने,‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले बताए ।

‘तीब्रगतिमा पनि थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ती ट्राफिक प्रहरीले भने,‘गाडी पछाडि महिला थिए । सोधखोज गर्दा ड्राइभरले म्याडम हो भन्थे । हामीले चिट समेत नकाटी छाड्यौं ।’ ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । बस्नेतले गाडी रोकेको विषयमा सोधपुछ गर्न काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu