ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक साताअघि नै बालेनलाई पुत्री लाभ


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   ११ : २९   बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी हुन् । तर, जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ ।

यस्तै अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतको भनाइ छ । बच्चा अस्पतालमै रहेपनि सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छन् । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ। मेडिसिटी अस्पताल स्रोतले सविनाको एक साताअघि नै डेलिभरी भएको पुष्टि गर्यो । ‘उहाँ डेलिभरी भएको एक साता भइसक्यो । हामीलाई उहाँहरुले बाहिर केही नलैजानु भन्नुभएकाले धेरै भन्न मिल्दैन’, मेडिसिटीका एक अधिकारीले भने, ‘बच्चा अस्पतालमै छ । सबिनाजीको पनि दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउने भन्दै शनिबार राति विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले कोटेश्वरमा नियमित चेकजाँचमा महानगरपालिकाको गाडी परेको जानकारी दिए ।

पासबिनाको गाडी पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएको उनको भनाइ छ । ‘सरकारी गाडी शनिवार चलेको हुनाले सोधपुछ गरिएको हो । विदाको दिन पास छ कि छैन भनेको हो । नभेटिएपछि चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनेको हो’, उनले भने ।

बालकुमारीतर्फबाट आएको गाडी कोटेश्वरमा चेकजाँचमा परेको थियो । हिजो साँझ ८ बजेर ५० मिनेटमा सो गाडी चेकमा परेको थियो । सो गाडीमा सविना सवार थिइन् । लगत्तै बालेनले फेसबुकमा आक्रामक अभिव्यक्ति दिएका हुन् । बालेनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको बेला आइतबार बिहान उनको पुत्रीलाभ भएको भनेर सार्वजनिक गरिएपनि एक साताअघि नै सविना डेलिभरी भएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group