ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेडिकेटेड र ट्रङ्क लाइनको भुक्तानी गर्न प्राधिकरणको ताकेता, किस्ताबन्दीमा तिर्ने सुविधा


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   १२ : ४४   बजे

काठमाडौं,१७ भदौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत लिएकाहरुलाई बक्यौता बुझाउन सूचना गरेको छ।

उद्योगी व्यवसायीले प्राधिकरणलाई करिब १५ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ।

कम्पनीहरुले प्राधिकरणलाई बाँकी भुक्तानी किस्ताबन्दीको सुविधामा तिर्न पाउने भएका छन्। नेपाल विद्युत प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत लिएर त्यस बापतको विद्युत महशुल भुक्तानी गर्न बाँकी भएका उद्योगी व्यवसायीलाई १५ दिन भित्र भुक्तानी गर्न प्राधिकरणले भनेको छ।
उद्योगी व्यवसायीले भने आफुहरुले प्रयोग नै नगरको बिजुलीको बिल काटेको भन्दै भुक्तानी गर्न आनाकानी गर्दै आएका छन्।

लाइन जोडेपनि पूरा समय प्रयोग नगरेकाले सबै तिर्न नसकिने उनीहरुको तर्क छ। विद्युत् महसुल तिर्न बाँकी हुने अधिकांश सिमेन्ट र डन्डी उद्योग रहेका छन्।

विद्युत प्राधिकरणको सञ्चालक समितिले उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रङ्कलाइनको सुविधा लिएकाले भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ। अधिकांश उद्योगी अदालतमा गएपनि भुक्तानी गर्नेगरी नै निर्णय गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विद्युत वितरण नियमावली २०७८ को विनियम २७९६० बमोजिम सम्बन्धित वितरण केन्द्रहरुबाट बक्यौता महशुल बुझाउन पटक पटक पत्रचार गरेको थियो।

तर, व्यसायीले हालसम्म बक्यौता महशुल नबुझाएपछि प्राधिकरणले १५ दिन भित्र शुल्क बुझाउन आग्रह गरेको हो।

‘तोकिएको समयसीमाभित्र बक्यौता महशुल नबुझाएमा विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० बमोजिम कायबाही हुनेछ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

ट्रंकलाइन र डेडिकेटेड फिडर प्रयोग गरेर विद्युत् उपयोग गर्ने ४९ व्यवसायीको बक्यौता रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा ४ दर्जन व्यवसायीबाट १५ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ।

प्राधिकरण सञ्चालक समितिले २०७२ असार १२ गते उद्योगी तथा व्यवसायीले चाहेको खण्डमा डेडिकेटेड तथा ट्रंक लाइनबाट थप महसुल तिरेर विद्युत लिन सक्ने निर्णयगरी विशेष सुविधा दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group