काठमाडौं १७ भदौ । एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री प्रचण्डले सरकार ढाले आन्दोलन गर्छु भनेको र शानिबार बालेनपत्नी चढेको महानगरको गाडी ट्राफिकले सोधपुछ गरेको झोकमा सिंहदरबार जलाइदिने बालेन्द्रको धम्की दिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
रिमालले भनेका छन् प्रधानमन्त्रीले भष्ट्राचारी उन्मुक्तिको घोषणा गर्ने, मेयरले ट्राफिकले गाडी चेक गरेको रिमा सिंहदरबारमा आगाले लगाउने भनेर समाजलाई कता लैजना खेजका हुन् भन्दै चिन्ता जोहर गरेका छन् ।
रिमालले लेखेका छन् :
‘हाम्रो भाषा, शैली र अभिव्यक्ति !
आम रुपमा सत्तापक्ष र विपक्षको अभिव्यक्तिको कोण फरक हुनेगर्छ । विपक्षको प्रस्तुति ‘एग्रेसिभ’ र अभिव्यक्तिले ‘डिमाण्डी, कन्ट्राडिक्टोरी र स्केप्टिभ’ कोण समाउँछ । सत्तापक्षको प्रस्तुति ‘सफ्ट’ र कोण ‘रेस्पोन्सिभ, कन्सिलिटोरी, र कन्भिन्सिङ’ हुनेगर्छ । तर हिजो–अस्ति हाम्रा सत्तापक्षीय प्रमुखहरुको अभिव्यक्ति अर्कै खालको आयो । उहाँहरुका एग्रेसिभ कमेन्ट, झट्ट सुन्दा ‘हेटिङ’ र ‘डिफेमिङ्’ टाइपका थिए ।
संघीय सरकारका प्रमुख प्रधानमन्त्री प्रचण्डले आफ्नो ‘इरादा’मा कसैले तलमाथि पार्न खोजे ‘हेर्ने’ र ‘सडकमा जनता ओराल्ने’ भन्नु भयो । अझ रोचक कुरा त उहाँले राज्यको निकायले जाँचबुझको घेरामा राखेको एक ‘भिआइपी’ले ‘सफाइ’ पाइसकेको घोषणा नै गरिदिनु भयो । सरकारी अनुसन्धानले नै गम्भीर अपराधमा संलग्न भएको भनेकालाई नै ‘फलाना फलाना निर्दोष सावित भए त्यसैले मेरो टेन्सन साफ भयो’ भन्नुको अर्थ के हो रु कसैलाई निर्दोष सावित गर्न राज्य प्रयोग गर्नुलाई कानुनी शासन मान्न हाम्रो समाज अभिशप्त भएको हो रु
सबैभन्दा ठूलो मध्येको स्थानीय सरकार कामपाका प्रमुखले आफ्नो सवारी साधन रोकी सोधपुछ गरेको घटनामा सरकारलाई ‘चोर’ भन्दै र आइन्दा यस्तो गरे ‘सिंहदरबामा आगो लगाइदिन्छु’ भन्न भ्याउनु भयो । प्रधानमन्त्रीले मुलुकको कार्यकारी प्रमुखको नाताले काम आफैंले गर्ने हो, गर्न नसके सकिन भनेर बाटो लाग्ने हो भन्ने ठ्याम्मै भुल्नुभयो । हाम्रा महानगरका प्रमुखले पहिले आफैंले ‘कानुन त सबैलाई बराबर लाग्छ नि’ भनेको कुरा फ्याट्टै विर्सन पुग्नु भयो ।
यस्तो भाषा–शैली सहि हो र ?
‘प्रतिक्रियावादीहरूबाट गठबन्धन टुटाउन अनेक चेष्टा हुने गरेका छन्, ३२ सिटको पार्टीको प्रधानमन्त्री भएको छु, कति दिन रहने हो ? १५ दिन, एक महिना, दुई महिना, जति दिन रहन्छु, राष्ट्र र जनताको पक्षमा सम्पूर्ण इमान्दारिताका साथ काम गर्नेछु,’ उनले शनिबार चन्द्रागिरिमा पार्टीको तीनमहिने अभियान उद्घाटन गर्दै भने, ‘मलाई जसले हटाउनेछन्, तिनका विरुद्ध लाखौं–करोडौं जनतामा गएर आन्दोलनको नेतृत्व गर्ने संकल्प गरेको छु ।’
प्रतिक्रिया दिनुहोस्