ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर टीभीसहित १२ कम्पनी आईपीओ निष्कासनको लाइनमा, कुनको कति ?


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   १ : ०५   बजे

काठमाडौं,१७ भदौ । पछिल्ला दिनहरूमा धितोपत्र बजारमा प्राथमिक सेयर आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने कम्पनीहरू थपिँदै गएका छन् । तर, हाल नेपाल धितोपत्र बोर्डमा हाइड्रो र ‘अन्य’ समूहमा पर्ने १० वटा कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासनका लागि निवेदन दिएका छन् ।

निवेदन दिएकामध्ये दुईवटा उत्पादन तथा प्रशोधन समूहमा पर्ने कम्पनीले भने ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नेमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट रहेका छन् । यी दुई कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत सेयर बिक्री गरेर मात्र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछन् ।

बाँकी १० वटा कम्पनीले भने बोर्डबाट स्वीकृति पाएपछि हाल प्रचलित प्रक्रियाबाट नै आईपीओ निष्कासन गर्नेछन् । आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनेमा हिमस्टार कम्पनी, डिस मिडिया नेटवर्क, आईएमई लिमिटेड, दरमखोला हाइड्रो इनर्जी र कान्तिपुर टेलिभिजन रहेका छन् ।

यस्तै, एक्कर्ड फर्मास्युटिकल्स, नेपाल वेयरहाउजिङ कम्पनी, ट्रेड टावर, मुक्तिनाथ कृषि कम्पनी र सानिमा हाइड्रोपावर पनि आईपीओको तयारीमा रहेका छन् ।

यी कम्पनीहरूले आईपीओ निष्कासनका लागि विभिन्न समयमा बोर्डमा निवेदन दिएका हुन् । कतिपयले भने यसैवर्ष आवेदन दिएका छन् । प्रचलित नियमअनुसार आवश्यक कागजपत्र पूरा नगरेपछि यी कम्पनीहरूको आईपीओ प्रक्रिया अगाडि नबढेको बोर्डले जानकारी दिएको छ ।

कुन कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्दै छन् ?

 

raw1j-1693580349.jpg

बोर्डमा आवेदन दिँदाको विवरणअनुसार हिम स्टार ऊर्जा कम्पनीले ११ लाख १९ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । यो कम्पनीले २०८० जेठ ३१ गते बोर्डमा आवेदन दिएको हो ।

त्यस्तै, डिस मिडियाले एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्ने बोर्डमा २०८० असार १२ गते अवेदन दिएको हो । आइएमई लिमिटेडले २०८० असार २९ गते १० लाख कित्ताका लागि र दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८० भदौ ५ गते अनुमति माग गरेको हो ।

कान्तिपुर टेलिभिजनले सात लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा २०८० जेठ २८ गते निवेदन दिएको छ । एक्कर्ड फर्मास्युटिकल्सले २०७९ पुस ४ गते सात लाख ६ हजार ९०९, नेपाल वेयरहाउजिङ कम्पनीले २०७९ पुस २२ गते १३ लाख ७५ हजार, ट्रेड टावरले २०७९ असार १४ गते ११ लाख ५८ हजार ९८० र सानिमा हाइड्रोपावरले २०८० जेठ २६ गते १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् ।

तर, मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएको डेढ वर्ष बितिसक्दा पनि अनुमति पाएको छैन । यो कम्पनीले २०७८ फागुन २० गते बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

हालसम्म पनि यो कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छैन । तर, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न चाहने कम्पनीले भने लगातार आईपीओ निष्कासन गरिरहेका छन् । हाल सिटिजन लाइफ इन्स्योरेन्सले पनि आईपीओ प्रतिकित्ता २४४ रुपैयाँमा निष्कासन गरिरहेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिने अवधि भदौ १९ गतेसम्म रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group