ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालीन सरकारले चुच्चे नक्साको विवरण छिमेकीहरुलाई पठाएको भेटिएन : परराष्ट्र मन्त्री


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   १ : ०९   बजे

काठमाडौं,१७ भदौ । परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्सबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताएका हुन्।

‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौँ। धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौँ,’ साउदले पत्रकारहरुलाई भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ।’

उनले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए।

‘२०७५ सालमा संसद्‍बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’

चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए। उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए।

चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो। कालापानीसमेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ।

यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ। परराष्ट्रले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने पनि बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group