ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको सामाजिक सञ्जालबाट हट्यो विवादित स्टाटस


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १० : ४८   बजे

काठमाडौ, १८ भदौ ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाएका छन् । चौतर्फी आलोचना भएपछि उनले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाएका हुन ।

शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए। सामाजिक सञ्जालमा उनको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।

चौतर्फी आलोचनापछि आइतवार बेलुकी उनको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएको थियो । प्रहरीले जाँचको क्रममा अभद्र र अमानवीय व्यवहार गरेको सचिवालयको दाबी छ । तर, ट्राफिक प्रहरीले भने अरुलाईजस्तै नियमित जाँच मात्रै गरेको र त्यस्तो कुनै अभद्र व्यवहार नगरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu