ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा विद्यालयबाट घर फर्किंदै गरेका दाजु-बहिनीको बाढीले बगाउँदा मृत्यु


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १ : ०३   बजे

काठमाडौं, १८ भदौ । रूकुम पश्चिममा विद्यालयबाट घर फर्किंदै गरेका एकै घरका दुई बालबालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ।

चौरजहारी नगरपालिका( ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार साँझ स्थानीय म्याउला नामको ठाडो खहरे खोलाले बगाउँदा मृत्यु भएको हो।

बाढीले बगाएपछि बेपत्ता भएका बालबालिकाको शव आइतबार राति नौ बजे घटनास्थलभन्दा केही तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए।

‘दाजु बहिनी विद्यालयबाट सँगै घर फर्किने क्रममा आएको खहरेको बाढीले उनीहरुलाई बगाएको हो,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘स्थानीयको सहायतामा खोजतलास गर्ने क्रममा हामीले गएराति नौ बजे उनीहरुको शव फेला पार्यौं।’

मनोजको शव घटनास्थलबाट १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले जानकारी दिए।

उनीहरु आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किंने क्रममा घटना भएको प्रहरीले जनाएको छ। दाजु मनोज कक्षा ३ र बहिनी भावना कक्षा १ मा अध्ययनरत थिए।

अरुबेला पानी नहुने खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने डीएसपी भट्टराईले बताए।

उनीहरु पढ्ने विद्यालय घरबाट झण्डै डेढ किमी दुरीमा पर्छ। विद्यालयबाट घर फर्किंदै गरेका दुबै छोराछोरीको बाढीले बगाएर मृत्यु भएपछि बुढाथोकी परिवार शोकमा डुबेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group