ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्पनी दर्ता पाँच वर्षयताकै न्यून, एक वर्षमै साढे सात हजारले कमी


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १ : ०९   बजे

काठमाडौं, १८ भदौ । गत आर्थिक वर्ष आव २०७९/०८० मा कम्पनी दर्ता पाँच वर्षयताकै कम भएका छन् । कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार गत आवमा करिब २१ हजार कम्पनी दर्ता भएका हुन् ।

यो संख्या विगत पाँच वर्षको तुलनामा सबैभन्दा कम हो । आर्थिक मन्दीको कारणले लगानीमैत्री वातावारण नहुँदा कम्पनी दर्तामा कमी आएको जानकारहरू बताउँछन् ।

अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा सात हजार ६४४ कम कम्पनी दर्ता भएका छन् ।

कार्यालयका अनुसार गत आवमा २०७९र८० मा प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने र विदेशी शाखारसम्पर्करवैदेशिक लगानी गरेर २१ हजार ३७३ कम्पनी दर्ता भएको कार्यालयका सूचना अधिकारी शेखरबाबु कार्कीले जानकारी दिए ।

जबकि, अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए ।

पछिल्लो पाँच वर्षको तथ्यांक

आव २०७४र०७५ मा २२ हजार ३३०, आव २०७५र०७६ मा २५ हजार ५०० कम्पनी दर्ता भएका थिए ।

आव २०७६र७७ मा १८ हजार ६३८ कम्पनी दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएको थियो । जसकारण नेपालसहित विश्वमै उद्योग तथा व्यापार ठप्प भएको थियो ।

यस्तै, आव २०७७र७८ मा २६ हजार ५०५ कम्पनी दर्ता भएका थिए ।

आर्थिक मन्दीको असरले गर्दा कम्पनी दर्तामा कमी आएको उद्योग मन्त्रालयका पूर्वसचिव चन्द्रकुमार घिमिरेले बताए । अहिले व्यापारिक मलभित्रका पसल र सटर बन्द भइरहको अवस्थामा नयाँ व्यवसायी आउने सक्ने अवस्था नरहेको घिमिरेको धारणा छ ।

“मलभित्रका ठूला पसल र चलिरहेका सटरहरू बन्द भएर बसेका छन् । ती कुराको ‘चेन इफेक्ट’ले गर्दा जुन संख्यामा पहिला कम्पनी दर्ता हुन्थ्यो, त्यसमा कमी आएको हो, “त्यसले भइरहेका जति छन्, तिनीहरूको उपस्थिति छ । तर, नयाँ दर्ताको संख्या कम हुन थालेको हो ।”

कार्यालयका अनुसार आव २०७९र०८० प्राइभेट लिमिटेडअन्तर्गत २० हजार ४५५ कम्पनी दर्ता भएका छन् ।

यस्तै, पब्लिक लिमिटेड ८४, मुनाफा वितरण नगर्ने ६७८ र विदेशी शाखारसम्पर्करवैदेशिक लगानीमा १५६ कम्पनी दर्ता भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu