ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम इन्धनको एकछत्र प्रभाव तोड्दै विद्युतीय माइक्रो बस


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १ : ४४   बजे

काठमाडौं, १८ भदौ । नेपाली बजारमा विद्युतीय र पेट्रोलियम इन्धनका माइक्रो बसबीच प्रतिस्पर्धा सुरु भएको छ। केही वर्ष अघिसम्म विद्युतीय गाडीमा एउटा मात्रै कम्पनीको दबदबा रहेकामा हाल आधा दर्जन ब्रान्डको उपस्थिति भइसकेको छ।

बजारमा प्रतिस्पर्धी बान्डहरुको नाडा अटो शो २०२३ मा उत्साहप्रद उपस्थिति रहने छ। नाडा अटो मोबाइल्स एसोसिएसनका अनुसार ६ वटा कमर्सियल ब्रान्डले भ्यान तथा पिकअप राख्ने भएका छन्।

फोटोन र फोर्स मोटर्सका पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रदर्शनीमा आउँदै छन्। केवाइसी, किङलङ, ज्याक, एसआरएमले माइक्रो तथा पिकअप अटो शो मा राख्ने तयारी छ।

नाडा अध्यक्ष ध्रुव थापा बिक्रेता रहेको फोर्स मोटर्सले अर्वानिया मोडल सार्वजनिक गर्दै छ। फोर्स मोटर्सको अर्वानिया १४ सिटर र १९ सिटरमा उपलब्ध रहेको छ।

‘अटो शोमा अर्वानियाका नयाँ मोडल लञ्च गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष थापाले भने, ‘१४ सिटे र १८ सिटे माइक्रो बस हुन्।’

त्यस्तै, ज्याक ब्रान्डका विद्युतीय पिकअप गाडीको उपस्थिती रहने छ। नेपालमा ज्याक ब्रान्डका आइस इन्जिनका सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ भने विद्युतीय दीगो ग्रुपले बिक्री गर्दै आएको छ।

चौधरी ग्रुपका २ वटा कमर्सियल ब्रान्ड
नाडा अटो शोमा चौधरी ग्रुपले केवाइसी र किङलङका विद्युतीय भ्यान प्रदर्शनीमा राख्ने भएको छ। सिजी मोटर्सका मार्केटिङ हेड किरण आचार्यले २ वटा ब्रान्डको उपस्थिती रहने जानकारी दिए।

‘सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको केवाईसी र किङलङका कमर्सियल गाडी अटो शोमा राख्छ,’ आचार्यले भने।

सीजी मोसर्टले विद्युतीय गाडीका ६० किलोवाट मोटर्सको र ४१।८६ किलोवाट आवर ब्याट्रि रहेको जनाएको छ। ११ सिटे गाडीको अधिकतम माइलेज ३०० किमी, गति १०० र ग्राउन्ड क्लियरेन्स १८० रहेको सीजीले जनाएको छ।

चिनियाँ ब्रान्ड किङलङले आफ्ना मोडल राख्ने छ। किङलङका १४ सिटे माइक्रो रहेका छन्। एक पटकको चार्जमा ३०० किमीसम्म गुड्छ।

विशाल ग्रुपको एसआरएम विद्युतीय भ्यान
नाडा अटो शोमा विशाल ग्रुपले विद्युतीय भ्यान शोकेश गर्ने भएको छ। केही समयअघि मात्रै नेपाल भित्रिएको एसआरएम ब्रान्डको ११ सिटे भ्यान अटो शोमा प्रदर्शनीमा राख्ने भएको हो।

विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सनले नयाँ ११ सिटर इलेक्ट्रिक माइक्रोबस नेपालमा भित्र्याइसकेको छ। एसआरएमको एक्स ३० एल इभी मोडल शोकेशमा राख्ने भएको छ।

‘नाडा अटो शोमा एसआरएमको एउटा मोडल शोकेस हुन्छ,’ कम्पनीका सीईओ विवेक बिजुक्छेले भने।

उक्त भ्यानले एक पटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ। ४१।८६ किलोवाट आवरको ब्याट्रि रहेको छ। सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्री रहेको गाडीको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ।

गाडीको मोटरले २२० एनएम टर्क जेनेरेट गर्दछ। अधिकतम स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेकोमा ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ।

५ वर्ष वा २ लाख किलोमिटर गुड्दासम्म ब्याट्रीमा वारेन्टी उपलब्ध हुने छ। सो इलेक्ट्रिक भ्यानको ४४ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ।

एमएडब्लु ग्रुपको
एमएडब्लु ग्रुपले चिनियाँ ब्रान्ड फोटनका कमर्सियल गाडी राख्ने छ। कम्पनीले फोटोनका टुनलेन्ड, भ्यू सीटु भ्यान र विद्युतीय माइक्रो बिक्री गर्दै आएको छ। एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोनका १५ सिटे विद्युतीय गाडी रहेका छन्।

एक पटकको फुल चार्जमा २३५ किलोमिटरसम्म गुड्ने यी ईभी गाडीमा ५०।२३ किलोवाट आवरको ब्याट्रि रहेको छ। फास्ट चार्जरबाट डेढ घण्टामा फुल चार्ज हुन सक्छ।

गाडीमा मोटर ८५ किलोवाट र टर्क २९० एनएम जेनेरेट गर्छ। गाडीको मूल्य ५६ लाख ५० हजार रुपैयाँ छ। फोटोनको कार्गो इभी भ्यानको ४७ लाख रुपैयाँ तोकिएको छ।

त्यसबाहेक पोलारिस ब्रान्डको एटीभी ९अल टेरेन भेहिकल०को पनि सहभागिता हुने भएको छ। पर्यटन र मनोरञ्जनका लागि यस्ता गाडी प्रयोग हुने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group