ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखसँग रुसी राजदूतको भेट- सहमति कार्यान्वयन गर्न उच्चस्तरीय भ्रमणको तयारी


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   २ : ०४   बजे

काठमाडौं, १८ भदौ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभबीच भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे।

नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे।

उनले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनः निर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड १९ संक्रमणको समयमा मूल्यवान् सहयोग प्रदान गरेकोमा रुसी महासंघलाई धन्यवाद दिए।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए।

अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu