ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितानिवास जग्गा प्रकरण : सरकारी वकिलको बहस सकियो


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   २ : २३   बजे

काठमाडौं, १८ भदौ । ललितानिवासको जग्गा किर्ते मुद्दामा सरकारी वकिलतर्फको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकाको इजलास नम्बर–१३ मा परेको मुद्दामा सोमबार चार सरकारी वकिलले बहस गरे ।

जिल्ला न्यायाधिवक्ताद्वय वासुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरू प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेका हुन् । आइतबार सुरु भएको थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ताद्वय महेश खत्री र रमेश भट्टराई र सहायक जिल्ला न्यायाधिवक्ताहरू चन्द्र सन्जेल र दिनेश भट्टराईले बहस गरेका थिए ।

यही भदौ १० गते सरकारी वकिलले ३१० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पक्राउ परेकाहरूसित गएको सोमबारदेखि शुक्रबारसम्म बयान लिइएको थियो । त्यसपछि थुनछेक बहस सुरु भएको हो ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, वेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई पक्राउ गरी थुनामा राखेको थियो । उनीहरू अझै थुनामा छन् ।

सीआईबीले संगठित अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको थियो । किर्ते आरोपमा प्रहरीले २५ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

ललितानिवास जग्गा प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । त्यसमा ललितानिवासस्थित जग्गाका तत्कालीन मालिक सुवर्णशमशेरको परिवारका सदस्यहरू पनि छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu